चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र साउदी अरेबियाका युवराज एवम् प्रधानमन्त्री बीच फोन वार्ता
2023-03-28 15:20:47CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले साउदी अरेबियाका युवराज एवम् प्रधानमन्त्री महमदसँग फोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले हाल चीन र साउदी अरेबियाको सम्बन्ध इतिहासमै सबैभन्दा राम्रो अवधिमा रहेको बताउनुभएको छ। चीनले साउदी अरेबियासँग आपसी केन्द्रिय हित सम्बन्धित मामिलामा एक आपसलाई समर्थन गर्नुका साथै व्यावहारिक सहकार्य तथा सांस्कृतिक आदानप्रदानलाई विस्तार गरी चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको अझै विकास गर्दै नयाँ समयका सामु चीन तथा साउदी अरेबियाको भाग्य समूदायको निर्माण गरी मध्य-पूर्वी क्षेत्रको शान्ति, स्थिरता तथा विकासका लागि अझ बढी योगदान दिने इच्छा राखेको राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।

केही समयअघि चीन, साउदी अरेबिया र इरानको साझा प्रयासमा पैचिङमा साउदी अरेबिया र इरानबीचको वार्ताले महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो।

साउदी अरेबिया र इरानले मैत्रिपूर्ण छिमेकीको भावना लिएर पैचिङ वार्ताको उपलब्धिको आधारमा सम्बन्धको क्रमशः सुधार गर्ने आशा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। चीनले वार्तापछिको प्रक्रियालाई निरन्तर रूपमा समर्थन दिने इच्छा लिएको छ।