“सन् २०२२ अमेरिकाद्वारा मानव अधिकार उल्लंघनसम्बन्धी प्रतिवेदन” सार्वजनिक
2023-03-28 11:10:42CRI
Share with:

चीनको राज्य परिषदले २८ तारिख “सन् २०२२ अमेरिकाद्वारा मानव अधिकार उल्लंघनसम्बन्धी प्रतिवेदन”सार्वजनिक गरेको छ। जसबाट अमेरिकाको मानव अधिकार क्षेत्रमा भएको उल्लंघनका तथ्यहरू सार्वजनिक भएको छ। 

यो प्रतिवेदनमा नागरिकको अधिकार तथा हितको संरक्षण व्यवस्थामा गम्भीर कमजोरी, अमेरिकी निर्वाचन प्रजातन्त्र दिन प्रतिदिन अव्यवाहारिक, जातिभेद र असमानतामा बढ्दैगएको गम्भीरता, तल्लो तहका सर्वसाधारणको आधारभूत जीवनमा बढ्दैगएको संकट, महिला तथा बालबच्चाको अधिकार तथा हित ऐतिहासिक रूपमा घटेको, अरू देशको मानव अधिकारमाथि हस्तक्षेप र न्यायमाथि उल्लंघनलगायतका विषयहरू उल्लेखित छन्।

उक्त प्रतिवेदनका अनुसार, सन् २०२२ मा अमेरिकाको मानव अधिकार अवस्था स्पष्ट रूपमा घटेको वर्ष हो। आफूलाई “मानव अधिकारको रक्षक” मान्ने अमेरिकामा पैसा राजनीति, जाति भेद, हतियार, प्रहरीको हिंसा, गरिबी तथा धनी बीचको भिन्नतालगायतका समस्या बढ्नुका साथै जनताको आधारभूत अधिकार तथा हित र स्वतन्त्र झनै कमजोर बनेको छ।