अमेरिकी मानवअधिकार अमेरिकी जनताकै लागि त्रासदीपूर्ण
2023-03-29 15:53:39cri
Share with:

 

धेरै अमेरिकी परिवारको लागि मार्च २७ तारिख निकै दुःखद् दिन हो। उक्त दिन बिहान अमेरिकी टेनेसी राज्यको न्यासभिल नगरको एक प्राथमिक विद्यालयमा गोली हानाहान भएको थियो भने ३ जना ९ वर्षीय निर्दोष बालबालिका र ३ जना वयस्कले ज्यान गुमाएका थिए। यो नै सन् २०२२को मे महिनामा टेक्सास राज्यको प्राथमिक विद्यालयमा भएको गोलीकाण्ड यता यो नै सबैभन्दा भयंकर घटना थियो। अमेरिकाका राष्ट्रपति जो बाइडेनले यस्तो त्रासदी हरेक परिवारको लागि सबभन्दा खराब स्वप्न भएको उल्लेख गर्नुभएको छ।

 किन यस्ता कुरा अझै देखिन्छन्? हाम्रा बच्चा किन गोलीको निशानामा पर्छन्? न्यासभिल नगरको पत्रकार सम्मेलनमा सन् २०२२को एक गोली काण्डबाट बचेकी एक महिलाले यस्तो प्रश्न उठाएकी थिइन। खराब सपना देखिरहिन्छ, पक्कै कुनै ठाउँमा समस्या देखिएको छ। चीन सरकारले २८ तारिख प्रकाशित गरेको सन् २०२२ अमेरिकाको मानवअधिकार उल्लंघन प्रतिवेदनले विश्वलाई तथ्य देखाएको छ।

 

उक्त प्रतिवेदनले प्रत्यक्ष केस र विस्तृत डाटा लिएर गत एक वर्षमा अमेरिकी नागरिकको आधारभूत अधिकार र स्वतन्त्रतालाई थप उचालिएको तथ्य देखाएर अमेरिका मानवअधिकार अवस्थामा प्रतिकात्मक प्रतिगमन देखिएको कुरा प्रदर्शन गरेको छ।

 देशभित्रको मानवअधिकारमा यति खराब अवस्थालाई बेवास्ता गरी अमेरिकाले मावअधिकारलाई हतियार चलाउँदै अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्छ र अन्तर्राष्ट्रिय समूहमा द्वन्द्व र विभाजन ल्याउने प्रयास गर्छ।

 वास्तविकताबाट के प्रमाणित भइरहेको छ भने कुनै पनि बहानामा अमेरिकाले देशभित्र विशेषाधिकार प्राप्त वर्ग हितको संरक्षण गर्ने र विदेशमा प्रभूत्ववाद लाद्ने अन्तर्यलाई लुकाउन पाउँदैन। अमेरिकाको मानवअधिकार अमेरिकीहरूको सबभन्दा खराब त्रासदी भने विश्वका लागि पनि।