अन्तर्राष्ट्रिय विज्ञः अनिश्चित संसारमा चिनियाँ आवाजले व्यापक मान्यता प्राप्त
2023-03-29 14:47:27cri
Share with:

पोआउ एशिया मञ्च सन् २०२३ को वार्षिक सम्मेलनको नारा अनिश्चित संसारः एकताबद्ध सहयोग गरी चुनौतीको सामना गर्ने, खुला र सहनशीलताबाट विकासलाई अघि बढाइने रहेको छ। यस नाराले विभिन्न पक्षको विकसित आवश्यकता मिलाएर अन्तर्राष्ट्रिय समाजले शान्ति र सहयोग खोज्ने, विकासलाई अघि बढाउने संयुक्त इच्छा देखाइएको छ। हिजोआजको पृष्ठभूमिमा चिनियाँ अर्थतन्त्रले विश्व आर्थिक विकासमा पारेको प्रभाव, चीनले गरेको विश्व सुरक्षा प्रस्तावको व्याख्या आदि विषयले विभिन्न अतिथिको आकर्षण र मान्यता प्राप्त गरेको छ।

गत महिना, चीनलेवैश्विक सुरक्षा प्रस्तावको अवधारणा पत्रसार्वजनिक गरेको थियो। सुरक्षा समस्या विभिन्न मुलुकका जनताको हितकल्याण सम्बन्धित हुनुका साथै विश्व शान्ति र विकाससँग सम्बन्धित भएर मानवजातिको भाग्यसँग पनि घनिष्ठ सम्बन्धित रहेको छ। यस पटकको पोआउ वार्षिक सम्मेलनमा विभिन्न अतिथिहरूले यसको उच्च मूल्याङ्कन गरेका छन्।