पोआउ एशिया मञ्चको वार्षिक सम्मेलबाट “बेल्ट एण्ड रोड” माथि नजर
2023-03-29 11:07:19CRI
Share with:

पोआउ एशिया मञ्चको सन् २०२३ वार्षिक सम्मेलनले मार्च २८ तारिख “बेल्ट एण्ड रोड” बाट विकास मौका बाँड्ने शीर्षकमा एउटा मञ्चको आयोजना गरेको छ। अतिथिहरूले १० वर्षमा “बेल्ट एण्ड रोड” प्रस्तावले वरिपरिका देशहरूलाई पुर्याएको लाभ तथा निहित् शक्तिबारे छलफल गरेका छन्।

 

तथ्याङ्कका अनुसार, सन् २०२२ सम्म चिनियाँ कम्पनीले “बेल्ट एण्ड रोड” वरिपरि देशका आर्थिक तथा व्यापारिक सहकार्य क्षेत्रमा कुल ५७ अर्ब १३ करोड डलरको लगानी गरेका छन्। जसले तत्स्थानमा ४ लाख २१ हजार रोजगारको सिर्जना गरेको छ। 

पाकिस्तानी योजना विकास तथा विशेष परियोजना मन्त्री इकबालले भन्नुभयोः औद्योगिकीरण तथा नयाँ प्रविधिमा पाकिस्तानसँग लगानीको ठूलो अभाव रहेको छ। उदाहरणका लागि सन् २०१३ मा हाम्रो देशमा बिजुली प्रबन्धको ज्यादै अभाव थियो। हरेक दिन बिजुलीको आपूर्ति १२-१६घण्टा मात्रै थियो। सबैलाई विद्युत संकटको चिन्ता थियो। त्यसबेला हामीलाई लगानी गर्ने चिनियाँ “बेल्ट एण्ड रोड” परियोजना मात्रै थियो।