टिगुसिगाल्पास्थित सीएमजीको संवाददाता केन्द्र अनावरण
2023-03-29 15:07:05CRI
Share with:

मार्च २८ तारिख होन्डुरसको राजधानी टिगुसिगाल्पास्थित राष्ट्रपति भवनमा चाइना मिडिया ग्रुप (सीएमजी) को संवाददाता केन्द्र अनावरण समारोहको आयोजना गरिएको छ। यो चीन र होन्डुरस सरकारले संयुक्त रूपमा पारित गरेको होन्डुरसका लागि पहिलो चिनियाँ सञ्चार माध्यम हो। यो चाइना मिडिया ग्रुपले विदेशमा स्थापना गरेको १९१औँ संवाददाता केन्द्र हो।

समारोहमा सीएमजी र होन्डुरस राष्ट्रिय रेडियो-टेलिभिजन स्टेशनले सहकार्य तथा आदानप्रदान सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। यो चीन र होन्डुरसबीच दौत्य सम्बन्ध स्थापना भएदेखि सञ्चार माध्यम क्षेत्रमा हस्ताक्षर गरिएको पहिलो सहकार्य सम्झौता पत्र हो।

होन्डुरसको राष्ट्रपति भवनअन्तर्गत प्रेस कार्यालयले टिगुसिगाल्पास्थित सीएमजीको संवाददाता केन्द्रको स्थापनाको अवसरमा शुभकामना तथा बधाई ज्ञापन गरेको छ।