तथाकथित लोकतन्त्र शिखर सम्मेलन पक्कै विफल हुने
2023-03-29 15:54:36cri
Share with:

अमेरिकाले आयोजना गरेको नेतास्तरीय लोकतान्त्रिक शिखर सम्मेलन सुरू हुन लागेको छ। अनौठो कुरा के छ भने मिडियामा त्यससम्बन्धी रिपोर्ट निकै थोरै देखिन्छ। पश्चिमा मिडियामा थोरै देखिएको छलफलमा मानिसको फोकस सम्मेलनको विषयमा होइन तर त्यसपछाडिको उद्देश्यमा  हो।

 

अमेरिकी सरकारका अनुसार, यो सम्मेलन कोस्टारिका, नेदरल्याण्ड, दक्षिण कोरिया, जाम्बिया समेत चार मुलुकसँग मिलेर आयोजना हुनेछ। किन ती चार मुलुक हुन्? मिडियाको विश्लेषणका अनुसार, तिनीहरू बेग्ला बेग्लै गरी ल्याटिन अमेरिका, युरोप, एशिया र अफ्रिकाबाट आएका हुन् भने अमेरिकाले विभिन्न महादेशमा विशेष गरी छानेका आफ्ना एजेन्ट हुन्। तर अमेरिकाले केही अस्पष्ट वक्तव्य प्रकाशित गरे बाहेक ती सह-प्रायोजक सबै चुप्प छन् र यो सम्मेलन नभएको जस्तो लाग्छ।
सीएमजीलाई अन्तर्वार्ता दिँदै मेक्सिको प्रशासन र सार्वजनिक नीति अनुसन्धान टोलीका उप-प्रमुख सान्चेसले भन्नुभयो, ‘वर्तमान अमेरिकाको लोकतन्त्रको अवस्था हेरौँ, मलाई लाग्दैन कि अमेरिकाको यस्तो 'नैतिक' नेतृत्व छ।’  एक जना गम्भीर बिरामीले अरू सबैलाई उपचार दिन खोजिरहेछ। यो निकै व्यंग्यात्मक छ। अमेरिकाको उक्त सार्वजनिक प्रदर्शन पक्कै विफल हुन्छ।