सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारी
2023-03-29 15:57:13cri
Share with:

ऐतिहासिक तथा महत्वपूर्ण पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) लाई सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारीमा तीब्रता दिइएको छ। सन १९९५ मै तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रस्ताव गरिएको थियो। तर त्यसले सार्थकता पाएको थिएन। तिलौराकोटलाई २५ वर्ष अघि नै विश्व संपदा सुचीमा सुचीकृत गर्न प्रस्ताव गरिएको थियो।

सो कार्य बिचै रोकिएको थियो। २०२४ मा पेरिसमा हुने विश्व संपदा सेन्टरको बैठकलाई मध्यनजर गरी काम गरिएको हो। सन २०१४ देखि बिज्ञ टोलीहरुले तिलौराकोटमा उत्खनन र अनुसन्धानपछि तिलौराकोटलाई विश्व संपदा सुचीमा नामांकनका लागि आवश्यक उत्खनन सहीत आवश्यक कागजाताहरु र प्रमाण संकलन गर्दै आएका छन। विगत २ बर्ष देखि कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न मनोनयन दस्तावेज तयारी तीव्र पारिएको हो। तिलौराकोट कपिलवस्तुको प्राचीन राजधानी र गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ हो।

 संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषले राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरुको कार्यशाला गरी तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समेट्न दस्तावेज तयार पार्न लागिएको हो।शनिबार र आइतबार अन्तर्राष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अस्ट्रेलिया) प्रा.डा. रविन कनिङहम (बेलायत), प्रा. डा. युकियो निसिमुरा (जापान) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशीको सहभागितामा मनोनयन दस्तावेजका लागि विधागत विषयमा गहन छलफल गरिएको छ। मनोनयन दस्तावेजमा पुरातत्त्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातत्त्वविद् वसन्त बिडारीले विज्ञहरुले निकालेको निष्कर्षमा सुझाव दिनुभयो।

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्वसम्पदा सूचीमा राख्न मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुसँग छलफल अगाडि बढाइएको छ।

संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने काम भइरहेको बताउनुभयो। उहाँले सन् १९९६ मै तिलौराकोट सम्भाव्य विश्वसम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो।

पुरातत्व विभाग र लुम्बिनी विकास कोषले युनेस्कोका अन्तर्राष्ट्रिय संपदा विज्ञ काई वाईजे नेतृत्वमा ३ सदस्यीय विषेशज्ञ टोलीलाई प्रारम्भिक चरणको कामको जिम्मा दिएको थियो।

सन् १९९५ मा पहिलो पटक विश्व संपदामा सूचिकृत गर्न काम थालिएको थियो। त्यत्तीखेर १९९६ मा नै विश्व संपदाको सुचिको प्रारम्भिक सुचिमा परेको थियो। तर, तिलौराकोटको अध्ययन अनुसन्धान धेरै हुन सकेको थिएन। तिलौराकोट शाक्यवंसिय राजा शुद्धोदनको राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको बाल्यकाल बिताएको स्थल हो। सन् १९९६ मा नै विश्व संपदाको सुचिको प्रारम्भिक सुचिमा परेको थियो।