युनेस्को विश्व सम्पदामा सूचीकृत बेइजिङको ग्रीष्म दरबार #नेपालीकोआँखामाचीन
2023-03-29 14:57:46CRI
Share with:

उत्तरपश्चिम बेइजिङमा अवस्थित ग्रीष्म दरबार अर्थात् समर प्यालेस एउटा शाही उद्यान हो। चीनको प्रसिद्ध पर्यटनस्थलको रूपमा ख्याति कमाएको यो चिनियाँ शैलीको विशाल उद्यानमा विभिन्न वनस्पति र उद्यान तथा पोखरी र वास्तुकलाको अनुपम सङ्गम देख्न पाइन्छ। यस समर प्यालेसला सन् १९९८ मा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो। युनेस्कोका अनुसार समर प्यालेस चिनियाँ ल्यान्डस्केप गार्डेन डिजाइनको उत्कृष्ट कृतिहो।

यो एउटा राष्ट्रिय सम्पदा भएकोले यसला 'शाही उद्यान सङ्ग्रहालय' पनि भनिन्छ। यसको निर्माण सर्वप्रथम सन् १७५० मा भएको थियो। सम्राट छिआनलोङले आफ्नी आमाको ६० औँ जन्मदिनको अवसरमा यस दरबारको निर्माण गर्नलगाएका थिए।

सन् १९२४ मा बेइजिङ नगरपालिका सरकारले समर प्यालेसको व्यवस्थापनको जिम्मा लिएर यसलाई सार्वजनिक पार्कमा परिणत गरेको थियो।

 

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/