लगभग ८० देशका तर्फबाट चीनको आह्वान
2023-03-30 10:39:19CRI
Share with:

भिएना घोषणापत्र तथा कार्यक्रम पारित भएको ३० औँ वार्षिकोत्सवको अवसरमा ब्राजिल र दक्षिण अफ्रिकालगायत करिब ८० मुलुकका तर्फबाट चिनियाँ प्रतिनिधि छेन स्युले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२औँ अधिवेशनमा संयुक्त वक्तव्य जारी गर्नुभएको छ। मार्च २९ मा आयोजित अधिवेशनमा जेनेभास्थित संयुक्त राष्ट्रसंघको कार्यालय र स्विट्जरल्याण्डका अन्य अन्तर्राष्ट्रिय संस्थाका लागि चिनियाँ आवासिय प्रतिनिधि छेन स्युले आह्वान गर्दै अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्दै घोषणापत्रको भावनालाई पुनर्जीवित पारेर उच्च गुणस्तरीय विकासलाई अघि बढाउन जोड गर्नुभएको छ।

संयुक्त वक्तव्यमा यसरी जोड दिइएको छ: विविध किसिमका मानवअधिकारहरूलाई ध्यानमा राख्नु आवश्यक छ। सबै किसिमका मानव अधिकारको समान स्थान भएकाले ती सबैमा समान महत्व दिनुपर्छ र सन्तुलित ढङ्गले प्रवर्द्धन गर्नुपर्छ। साथै मानव अधिकारको प्रवर्द्धन तथा संरक्षणमा रहेको असन्तुलनको पनि अन्त्य गर्नुपर्ने उक्त घोषणापत्रमा भनिएको छ।

हामीले विकासमा महत्व दिनुपर्छः अन्तर्राष्ट्रिय समुदायले घोषणापत्रको भावनालाई पुनर्जीवित गर्नुपर्छ। जनता केन्द्रित दृष्टिकोणको पालना गर्दै विकासोन्मुख मुलुकको आवाजलाई सुन्नुपर्छ। असमानतालाई अन्त्य गर्नुका साथै उच्चस्तरीय, समावेशी र समतामूलक विकासलाई बढाउनुपर्छ।

संवाद र सहकार्य गर्नुपर्छः वार्ता र अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्दै समानता, ऐक्यबद्धता र पारस्परिक सम्मानका आधारमा सबै पक्षले मानव अधिकार सम्बन्धि आदानप्रदान र सहयोग गर्नुपर्ने आह्वान पनि सो घोषणापत्रमा गरिएको छ।