मार्च २८ तारिख आयोजित पोआउ एशिया मञ्च २०२३ अन्तर्गत "बेल्ट एण्ड रोड" साझा विकास अवसर बाँड्ने उप-मञ्चमा सहभागीहरूले विगत १० वर्षमा "बेल्ट एण्ड रोड" को उपलब्धि र भावी विकास लगायत विषयहरूमा केन्द्रित रहेर वैचारिक आदानप्रदान गरेका छन्। आदानप्रदानमा "बेल्ट एण्ड रोड" सम्बद्ध देशहरू र क्षेत्रहरूको उच्च गुणस्तरीय विकासलाई बढाउने विचारहरू व्यक्त गरिएको छ।
प्राप्त तथ्याङ्कअनुसार, सन् २०२२ को अन्त्यसम्ममा चिनियाँ उद्यमीहरूले बेल्ट एण्ड रोड सम्बद्ध देशहरूमा ५७ अर्ब १३ करोड अमेरिकी डलर बराबर लगानी गरेका छन् जसले गर्दा ४ लाख २१ हजार वटा स्थानीय रोजगारी अवसर सिर्जना भएका छन्।
पाकिस्तानका योजना विकास तथा विशेष परियोजना मन्त्री अह्सान इकबाल चौधरीले सम्बोधन गर्दै यसरी भन्नुभयोः ‘बीआरआई सम्बद्ध परियोजनाहरूले पाकिस्तानको ऊर्जा क्षेत्रमा लगानी गरेबाट पाकिस्तानको विद्युत संकटलाई कम पारिएको छ। यस अवधारणाको वास्तविक आकर्षण भनेको विकासोन्मुख मुलुकहरूसँग चीनले आफ्नो सफलता तथा विकासलाई बाँडेको छ र यो नै चीनको साझा भावना हो।
युरोपेली एडभाइजरी संघ एम्ब्रोसेट्टीका निर्देशक पाओलो बोर्जाट्टाले सम्बोधन गर्दै यसरी भन्नुभयोः विभिन्न मुलुकहरुमा समृद्धि र विकास पुर्याउनु बीआरआईको सबैभन्दा महत्वपूर्ण योगदानमध्येको एक हो। वर्तमान "अनिश्चित विश्व" को सामना गर्दा भावी दिगो विकासमा बीआरआईले अग्रणी नेतृत्व र समर्थनको भूमिका अझ स्पष्टसँग देखाइएको छ।
चालू वर्ष बेल्ट एण्ड रोड अवधारणा प्रस्तुत भएको १० औं वार्षिकोत्सव हो। विगत १० वर्षमा चीनले विश्वका १५० भन्दा बढी मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनहरूसँग सहयोग दस्तावेजमा हस्ताक्षर गरेको छ साथै आसियान मुलुकहरू, चिली, न्युजिल्याण्ड लगायत १८ वटा "बेल्ट एण्ड रोड" सम्बद्ध देशहरूसँग स्वतन्त्र व्यापार सम्झौताहरूमा पनि हस्ताक्षर गरेको छ। जसबाट विश्वव्यापी विकासका लागि नयाँ अवसरहरू प्रदान गरिएको छ।