विश्वमा द्वन्द्व ब्युँताउने तथाकथित लोकतन्त्र शिखर सम्मेलन चाहिँदैन
2023-03-30 15:42:37cri
Share with:

मार्च २९ र ३० तारिख अमेरिकाबाट गठित दोस्रो नेतागण लोकतन्त्र शिखर सम्मेलन आयोजना भएको छ। एक वर्षअघि पहिलो लोकतन्त्र शिखर सम्मेलनमा अमेरिकाका सर्वसाधारणले अमेरिकी लोकतन्त्रको अन्त्येष्टिको आयोजना गरेका थिए, हाल अमेरिका सरकारले आन्तरिक तथा विदेशी विरोधलाई बेवास्ता गरी फेरि राजनीतिक प्रदर्शन गरेको छ। विश्वसमक्ष ठूलो परिवर्तित स्थिति देखिँदा तथाकथित लोकतन्त्र शिखर सम्मेलन अझै लोकतन्त्रको रूपमा समूह राजनीति र शिविर द्वन्द्व चलाएको छ र नयाँ अशान्ति सिर्जना गरेको छ। सो गतिबिधि स्वयं लोकतान्त्रिक भावनालाई कुल्चिएर गरिएको हो, त्यो विश्वलाई चाहिँदैन।

 अमेरिकी क्विन्सी इन्स्टिच्युट फर रेस्पोन्सिबल स्टेटक्राफ्टको मिडिया जवाफदेही राज्य शिल्पका अनुसार, अमेरिकाले विश्वमा विरोधी शिविर बनाउनुहुँदैन। पाकिस्तानका एक विद्वानले आलोचना गर्दै भनेका छन्, ‘लोकतन्त्र शिखर सम्मेलन विश्वको एकताको लागि होइन तर विभाजनको लागि हो। लोकतन्त्र नै अमेरिकाले आफूलाई सेवा गर्ने उपकरण हो।’

यसबाट अमेरिका सरकारले जसरी ढाकेपनि विश्वलाई धोका दिन सक्दैन। मानिसले स्पष्ट रूपमा बुझिहाल्छ कि यस तथाकथित लोकतन्त्र शिखर सम्मेलनको सार नै अमेरिकी शैलीको आधारमा लोकतन्त्र र गैर-लोकतन्त्र शिविरलाई विभाजन गर्नु हो र लोकतन्त्रको नाममा अमेरिकी प्रभुत्ववादको संरक्षण गर्नु हो।  

 लोकतन्त्र समस्त मानवजातिको साझा मूल्य हो, अमेरिकासँग लोकतन्त्रको परिभाषा र निर्णयमा एकाधिकार छैन। वर्तमान विश्व निकै अशान्त छ भने भूराजनीतिक जोखिम चर्कँदैआएको छ, साथै आर्थिक पुनरूत्थान हुन गाह्रो भइरहको छ, विकासको अन्तर विस्तृत हुँदैछ, परिस्थिति पनि कम्जोर देखिन्छ। विश्व संकटको समाधान गर्न एकता र सहयोग सम्मेलन मात्रै आवश्यक छ तर द्वन्द्वमा खेल्ने नियतको तथाकथित लोकतन्त्र शिखर सम्मेलन आवश्यक छैन। त्यसैले अमेरिकाले जति पटक लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरे पनि पक्कै विफल हुन्छ।