प्रधानमन्त्री ली छ्याङद्वारा पोआउ एसिया मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन
2023-03-30 16:51:12cri
Share with:

चीनका प्रधानमन्त्री ली छ्याङले ३० तारिख बिहान पोआउ एसिया मञ्च सन् २०२३ वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई मुख्य भाषण दिनुभयो।

 उहाँले आजको विश्वमा अस्थिरता र अनिश्चितता सामान्य भएको बताउनुभयो। दश वर्षअघि राष्ट्राध्यक्ष सी चिन फिङले पहिलो पटक मानव जातिको साझा भाग्य समुदायको महत्वपूर्ण अवधारणा प्रस्ताव गर्नुभएको थियो, जुन मानव प्रगतिको झण्डा र विश्वमा दिगो शान्ति र साझा समृद्धिको प्रवर्द्धन गर्न दृढ शक्तिको स्रोत बनेको उहाँले बताउनुभयो।

 ली छ्याङले अनिश्चित संसारमा विश्व शान्ति र विकास कायम राख्नको लागि चीनको निश्चितता मुख्य आधार भएको कुरामा जोड दिनुभयो। चीनको आर्थिक स्थायित्व प्रवर्द्धन गर्न र विश्व अर्थतन्त्रको विकासमा थप योगदान दिन विश्वस्त र सक्षम रहेको पनि उहाँले औल्याउनुभयो।

 सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङ, स्पेनका प्रधानमन्त्री सान्चेज, मलेसियाका प्रधानमन्त्री अनवर, कोटेडीआइभोरका प्रधानमन्त्री आही, अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक जर्जिएभा र ५० भन्दा बढी देश र क्षेत्रहरुका राजनीतिक, व्यापारिक र थिंक ट्याङ्क विद्वान गरी करीब १,५०० भन्दा बढी प्रतिनिधिहरु यस मञ्चमा सहभागी भएका छन्।