लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन
2023-03-30 15:51:56cri
Share with:

‘इन्टरनेसन डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस २०२३’ अन्तर्गत यस वर्ष अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने भएको छ । लुम्बिनीमा हुने उक्त कार्यक्रमका लागि बुधबार नेपाल ओलम्पिक कमिटी तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्बीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

 सम्झौतामा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराईले हस्ताक्षर गरे । त्यसअनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष अप्रिल ६ मा कार्यक्रम हुनेछ । कार्यक्रममा अन्तर्राष्ट्रिय पिस म्याराथन गरिनेछ । भविष्यमा थप दौड पनि समावेश गरिने जनाइएको छ ।

 पिस म्याराथनका लागि प्रदेश खेलकुद परिषद्ले २० लाख रुपैयाँ उपलब्ध गराउने छ । अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त म्याराथन आयोजनाका लागि दुवै पक्षले प्रायोजकसँग थप प्रयास गर्नेछन् । कार्यक्रमलाई लिएर आयोजित पत्रकार सम्मेलनमा एनओसी अध्यक्ष श्रेष्ठले म्याराथन आयोजनाले लुम्बिनीको प्रवर्द्धन तथा प्रचारप्रसारमा अझ मदत पुग्ने विश्वास पोखे ।

 सन् २०१३ मा संयुक्त राष्ट्रसंघको घोषणाअनुसार प्रत्येक वर्ष जुलाई ६ मा विश्वभर इन्टरनेसन डे अफ स्पोर्ट्स फर डेभलपमेन्ट एन्ड पिस आयोजना हुँदै आएको छ । कान्तिपुर।