चिनियाँ शैलीको आधुनिकीकरणद्वारा विश्वको विकासका नयाँ अवसरहरू
2023-03-30 09:32:01CRI
Share with:

    चीनको राज्य परिषद्को विकास अनुसन्धान केन्द्रले आयोजना गरेको "चीन विकास उच्च स्तरीय मञ्च २०२३ को वार्षिक बैठक" पैचिङमा आयोजना भएको छ। मञ्चमा सहभागी अन्तर्राष्ट्रिय कम्पनीहरुका जिम्मेवार व्यक्तिहरूले चिनियाँ शैलीको आधुनिकीकरणले विश्वको विकासका लागि नयाँ अवसरहरू ल्याएको र यस प्रक्रियामा चीनसँग पारस्परिक लाभ र फाइदा हासिल गर्ने अपेक्षा गरेका छन्।

    चीन विकास उच्च स्तरीय मञ्च २०२३ को वार्षिक बैठकमा सिमेन्स एजीका अध्यक्ष रोलान्ड बुचले चिनियाँ भाषामा "सुधारको खाना खाँदै र खुलापनको बाटोमा हिँड्दै" भनी व्याख्या भन्नुभयो। उहाँका अनुसार  सिमेन्सले बजारमूलक अन्तर्राष्ट्रिय नियमहरू पालना गर्दै चीनसँगसँगै विकास गर्दै जाने इच्छा राखेको छ।

    डेटा सुरक्षा डिजिटलाइजेसनको लागि आधारभूत आवश्यकता हो। एकीकृत औद्योगिक मापदण्डहरूले प्राविधिक विकास र नवीनतालाई धेरै बढावा दिने छ। क्रमिक आदानप्रदान पनि धेरै महत्त्वपूर्ण छन् भने चीनबाट जर्मनी, जर्मनीबाट चीन, वा चीनबाट युरोप, युरोपबाट चीन, कर्मचारी आदानप्रदानलाई अझ सुविधाजनक र आकर्षक बनाउन आवश्यक छ। हामीले सामना गर्ने साझा चुनौतीहरू समाधान गर्न सिमेन्स चीनको राम्रो साझेदार बन्दै जाने छ। हामी पारस्परिक सम्मान, खुलापन र निष्पक्षतामा आधारित सहयोगको सम्बन्धलाई पनि पूर्ण समर्थन गर्छौं।

 बीएमडब्लु ग्रुपका अध्यक्ष ओलिभर जिप्स ले चिनियाँ शैलीको आधुनिकीकरणले चिनियाँ बजारमा नवीन उत्पादन र सेवाहरूको ठूलो माग जन्माउन सक्छ भन्दै चीन बीएमडब्लु ग्रुपको सबैभन्दा ठूलो एकल बजार र सबैभन्दा रणनीतिक बजार मध्येको एक भएको बताउनुभएको छ। उहाँले यसरी भन्नुभयो:"जर्मनी बाहिर हाम्रो सबैभन्दा ठूलो अनुसन्धान र विकास गतिविधिहरू चीनमा गरिन्छ। गत फेब्रुअरीमा हामीले संयुक्त उद्यम बी.एम.डब्लु  ब्रिलियन्स सँगको सहयोग अवधि सन्२०४० सम्म बढाएका थियौं। चीनमा BMW को सफलताले चीनको लागि मात्र होइन जर्मनीको लागि पनि समृद्धि सिर्जना गर्दछ।

    चिनियाँ शैलीको आधुनिकीकरणले पूरै विश्वमा नविनता र दिगो प्राविधिक विकासका लागि नयाँ अवसर सिर्जना गर्ने मात्र होइन, मित्रताको विकासका लागि धेरैजसो सहयोगात्मक सँकेत सिर्जना गर्दछ। 

    रिओ टिन्टो समूहका प्रथम कार्यकारी अधिकारी ज्याकोब स्टासोल्मले भाषण दिनुभएअनुसार विदेशका लागि चीनको उच्च स्तरीय खुलापनबाट सहयोग विकास र समृद्धिको आधार भन्ने अवधारणा प्रमाणित भएको देखिन्छ। उहाँका अनुसार चीनको सुधार र खुलापनले बजार मात्र होइन, एक अर्ब चालीस करोड चिनियाँहरुको स्मार्ट शक्तिलाई उजागर गरेको छ। यस वर्ष चीनले फेरि एक पटक विश्व आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ र नयाँ प्रविधिको विकास र प्रयोग क्षेत्रको निर्देशक बनेको छ। हामी चीनको खुला मार्गको निरन्तरतालाई पूर्ण समर्थन गर्छौं।