चीनका प्रधानमन्त्रीद्वारा पोआउ एशिया मञ्च समितिका सदस्यहरूसँग भेट
2023-03-30 15:17:35CRI
Share with:

 चीनका प्रधानमन्त्री ली छ्याङले २९ तारिख पोआउ एशिया मञ्चका अध्यक्ष लगायत समितिका सदस्यहरूसँग भेट वार्ता गर्नुभएको छ। 

प्रधानमन्त्री ली छ्याङका अनुसार, चालू वर्ष मञ्चको वार्षिक सम्मेलनको  “अनिश्चित विश्वः एकता तथा सहकार्यबाट चुनौतीको सामना गर्नुका साथै खुलापन तथा सहिष्णुताबाट विकासलाई अघि बढाइने” भन्ने  मुख्य विषयवस्तुले वर्तमान परिस्थिति र मानवजाति समाजको विकास तथा प्रगतिका लागि मार्ग देखाएको छ। चीनले समग्र नीतिलाई प्रभावकारी रूपमा लागु गरेर वृद्धि, रोजगार तथा बजार भाउलाई स्थिर पार्ने र सुधार तथा खुलापनको अटलताका साथ विस्तार गरेर व्यापारिक वातावरणको सुधार गर्दा उच्च गुणस्तरीय विकासलाई अझै अगाडि बढाउने छ। उहाँले पोआउ एशिया मञ्चले प्रारम्भिक इच्छा राखेर एशिया र विश्वको आदानप्रदानलाई बढाउने, विश्व व्यवस्थापनलाई सबल पार्ने र मानव भाग्य समादायको निर्माण गर्ने “पोआउ उपाय” बारे अध्ययन गर्ने आशा व्यक्त गर्नुभएको छ। 

चीनको राजनीतिक स्थिरता र सुधार तथा खुलापनले विश्वलाई सुनिश्चितता थपेको समितिका सदस्यहरूले बताएका छन्।