चीन र स्पेनबीच दौत्य सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवमा "चीन-स्पेन सांस्कृतिक यात्रा" सुरु
2023-03-30 19:27:05cri
Share with:


मार्च ३० तारिखमा सिएमजी र स्पेनको संस्कृति तथा खेलकुद मन्त्रालयले आयोजना गरेको ‘चिनियाँ र स्पेनबीचको सांस्कृतिक यात्रा’ विषयक  कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् चिनियाँ सिएमजीका निर्देशक शन हाइ स्योङ,  स्पेनका संस्कृति तथा खेलकुद मन्त्री मिकेल इसेटा, स्पेनका लागि चिनियाँ राजदूत वु हाइ थाउ र चीनका लागि स्पेनका राजदूत देसकाया अनलाइन शुभारम्भ समारोहमा सहभागी हुनुका साथै  भाषण  दिनुभयो।

 

सिएमजीका निर्देशक शन हाइ स्योङले आफ्नो भिडियो भाषणमा यस वर्ष चीन र स्पेनबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाइएको बताउनुभयो। चीन र स्पेनबीचको दीर्घकालीन, स्थिर र विविध सहयोगले दुई देशको आधुनिकीकरण तथा खुलापनका लागि अटुट प्रेरणा दिएको छ, उहाँले भन्नुभयो। उहाँले यो "चीन र स्पेन बीचको सांस्कृतिक यात्रा" ठूलो मात्रामा एकीकृत मिडिया कार्यक्रमले वृत्तचित्रको लेन्समार्फत चीन-स्पेन आदानप्रदानको इतिहासको व्यापक समीक्षा गर्ने, चीन-स्पेन मित्रताको उत्पत्ति र सहयोगलाई देखाउने, चीन-स्पेन सांस्कृतिक आदानप्रदानको नयाँ क्षेत्र संयुक्त रूपमा खुला गर्ने बताउनुभयो।

 

स्पेनका संस्कृति तथा खेलकुद मन्त्री मिकेल इसेटाले भिडियो सन्देशमार्फत कार्यक्रमलाई बधाई दिनुभयो। उहाँले भन्नुभयो, "मलाई आशा छु कि यस कार्यक्रमको माध्यमबाट चीनमा स्पेनी संस्कृति प्रदर्शन गर्न सक्छौं र एकै समयमा स्पेनले चिनियाँ संस्कृतिको बुझाइलाई बढावा दिन सक्छौं।"