पोआउ एशिया मञ्च सन् २०२३ वार्षिक सम्मेलनः आगामी पुस्ताको इन्टर्नेटद्वारा विकासमा नयाँ जीवन्त शक्ति थपिने
2023-03-31 09:46:51cri
Share with:

मार्च ३० तारिख बिहान पोआउ एशिया मञ्च सन् २०२३ वार्षिक सम्मेलनको उद्धाटन समारोहको आयोजना भएको छ। सोही दिन आयोजितआगामी पुस्ताको इन्टर्नेट नामक शाखा मञ्चमा सहभागी अतिथिहरूले आगामी पुस्ताको इन्टर्नेटको विकास प्रवृत्ति र भविष्यको इन्टर्नेट प्रविधिलाई कसरी विकास गर्नेबारे छलफल गरेका छन्।

मञ्चमा सहभागी अतिथिहरूका अनुसार, आगामी पुस्ताको इन्टर्नेटमा केही आधारभूत प्रवृत्तिसँगै पहिलो एआई कृत्रिम बुद्धिमत्ता रहने छ। पहिलेको इन्टर्नेटमा मानिस र मानिस, मानिस र सेवा र मानिस र विषयबीचको सम्बन्ध भएकोमा भविष्यमा एआईले मानिसलाई उच्च सेवा, विषय र सम्बन्ध प्रदान गर्ने छ।

यसका साथै भविष्यको इन्टर्नेटको विकास गर्न कम्प्युटरको गणना क्षमता र वेबसाइट लिङ्क गर्ने कार्यकुशलतालाई उकासिएबाट साकार तुल्याइ भएकोले इन्टर्नेटको आधारभूत प्राविधिक अध्ययनलाई पनि जोड दिन अतिथिहरूले बताएका छन्।