एमाले नेता पोखरेल र नेपालका लागि चिनियाँ राजदूत सोङ्गबीच काठमाडौंमा भेटवार्ता
2023-03-31 16:14:32cri
Share with:

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङग् पोखरेल निवास धापासी पुग्नुभएको थियो।

 पोखरेल र सोङ्गबीच दुई देशको सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको उहाँको सचिवालयले जनाएको छ । दुई देश र जनताको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङ्गले जोड दिनुभएको थियो।