“अमेरिकाबाट शरणार्थी तथा प्रवासीको मानव अधिकारमाथि उल्लंघन गरिएको तथ्य” शीर्षक प्रतिवेदन प्रकाशित
2023-03-31 10:17:00CRI
Share with:

“अमेरिकाबाट शरणार्थी तथा प्रवासीको मानव अधिकारमाथि उल्लंघन गरिएको तथ्य” शीर्षक प्रतिवेदन ३० तारिख प्रकाशित भएको छ। 

उक्त प्रतिवेदनका अनुसार, अमेरिकाले विश्वमा सबैभन्दा ठूलो अप्रवासीलाई थुन्ने प्रणाली स्थापना गरेको छ। हाल अमेरिकी सिमाना राज्यमा यसरी थुनामा राख्ने ठाउँको संख्या २०० भन्दा बढी पुगेको छ। सन् २०१९ मा हजारौँ बालबच्चाहरूलाई उनका बुवा-आमासँग अलग गरिएको थियो। त्यसमध्ये २०प्र तिशत बच्चाको उमेर ५ वर्षभन्दा कम थियो। हाल अमेरिकामा अप्रवासी र उनीहरूका सन्तानमाथि गम्भीर भेदभाव समस्या रहेको छ। केही वर्षयता विशेष गरी एशियालीमाथि घृणा गर्ने स्पष्ट देखिएको छ। 

अमेरिका विश्वमा शरणार्थी तथा अप्रवासी संकटको मुख्य निर्माणकर्ता हो। सन् २००१ पछि मात्र अमेरिकाको आक्रमणबाट करिब ८ लाख मानिसको मृत्यु हुनुका साथै अफगानिस्तान, इराक, सिरिया लगायतका देशमा २ करोड शरणार्थी भएका छन्। अमेरिकाले विभिन्न क्षेत्रमा अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नु र युद्ध सुरू गरेका हुनाले ठूलो मानव अधिकार प्रकोप र शरणार्थी तथा अप्रावसी संकट भएको छ। अमेरिकाले यो संकटको समाधानकालागि अरू देशलाई हस्तान्तरण गर्दै आफू पन्छिने गरेको छ। अमेरिकाले आफ्नो समस्याको उचित रूपमा मूल्याङ्कन गरेर शरणार्थी तथा अप्रवासीको अवस्थामा सुधार गर्नुपर्छ।