राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ युगमा चिनियाँ विशेषतायुक्ता समाजवादको अध्ययन र कार्यान्वयनमा जोड
2023-03-31 18:40:14cri
Share with:

मार्च 30 तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिनफिङ विचारको अध्ययन र कार्यान्वयन सम्बन्धी चौथो सामूहिक अध्ययन गरेको छ।

 त्यसक्रममा सी चिन फिङले महत्वपूर्ण भाषण दिनुभयो। उहाँले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको विचारलाई अध्ययन गरी कार्यान्वयन गर्नुपर्ने,  नयाँ युग र नयाँ यात्राका लागि पेशागत विकासको नयाँ अवस्था सिर्जना गर्नुपर्ने जस्ता महत्वपूर्ण तथा आधारभूत आवश्यकता ‌औल्याउनुभयो। उहाँले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको विचारले दश वर्षको विकास गरेको भन्दै यस प्रक्रियासँग सम्पूर्ण पार्टीलाई अध्ययनका लागि प्रवर्द्धन गर्दै उल्लेखनीय नतिजा हासिल गरेको बताउनुभयो।

 नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको विचारधाराले सुधार,विकास,स्थायित्व,आन्तरिक मामिला,विदेश मामिला,राष्ट्रिय रक्षा,    पार्टीको शासन र अन्य पक्षहरुमा पूर्ण वैज्ञानिक प्रणालीको निर्माण गर्नुपर्ने कुरामा सी चिनफिङले औँल्याउनुभयो।