#समाचार सन्दर्भ# रगतसहित आइसक्रिमको ठट्टा कुनै रमाइलो होइन
2023-03-31 14:44:57cri
Share with:

आइसक्रिम बालबालिकालाई सबैभन्दा मनपर्ने खाजाहरूमध्येको एक हो। तर अमेरिकी टेनेसी राज्यको नाश्विल शहरका ९ वर्ष उमेरका तीनजना बच्चाहरूले अब स्वादिलो आइसक्रिम, विशेष गरी चोकलेट चिप्ससहितको आइसक्रिम खान पाउँदैनन्। 

हो त नि, अमेरिकामा फेरि, फेरि, फेरि बन्दूक हमला भएको छ। दुइटा राइफल र एउटा पेस्टल लिएर एक मानिसले टेनेसी राज्यको नाश्विल शहरस्थित एउटा स्कूलमा अन्धाधुन्ध गोली चलाएको छ, जसबाट तीन बच्चा र तीन ठूला मानिसको मृत्यु भएको छ। तथ्याङ्कका अनुसार, सन् २०२३ को पहिलो त्रैमासिक पूरा नभए तापनि अमेरिकमा हतियार हिंसात्मक घटनाबाट मृत्यु हुनेको संख्या १० हजार बराबर छ। 

सर्वसाधारणलाई दुर्घटनाप्रति दुःख लागेको बेलामा अमेरिकी राष्ट्रपति जो बाइडनले ठट्टा गर्नुभएको छ। स्थानीय समय २७ तारिख उक्त दुर्घटना भएपछि राष्ट्रपति बाइडनले पहिलोपटक सार्वजनिक रूपमा भाषण गर्दै आइसक्रिमको ठट्टाबाट सुरू गर्नुभएको थियो-“म आइसक्रिमका लागि यहाँ आएको हुँ। विशेष गरी चोकलेट चिप्ससहितको आइसक्रिम।” तत्कालै दर्शकहरू यस्तो ह्युमोर धारणाप्रति हाँसेका छन्। तर उहाँको ह्युमोर गलत समयमा भएको छ। सम्बन्धित भिडियो सामाजिक मिडियामा द्रुत गतिले प्रचार भएको छ। ट्वीटरमा मात्रै करोडौँ पटक हेरिएको छ। सर्वसाधारणलाई रीस उठेको छ।




अमेरिकी नेटिजनहरूले बाइडनको कुरालाई विश्वास गर्न सकेनन्: "के रे आज उहाँले साँच्चिकै यस्तो कुरा भन्नुभएको हो?" "सुटिङको बारेमा उहाँलाई कुनै जानकारी नभएको जस्तो देखियो र आइसक्रिमको बारेमा ठट्टा गर्नुभएको रहेछ।" "यदि मेरो बच्चा ९ वर्षको छ र फेरि कहिल्यै पनि आइसक्रिम खाने मौका पाउँदैन भने, उहाँको यो कुरा सुनेर मेरो रिसलाई नियन्त्रण गर्न अवश्य नै सक्दिन।"

राष्ट्रपति जो बाइडनले पछिको भाषणमा गोली दुर्घटना 'हृदयविदारक' भन्नुभयो र अमेरिकी संसदले 'बन्दुक हिंसा रोक्न' थप कदम चाल्नुपर्ने माग गरे तापनि आफ्नो मनपर्ने चोकलेट आइसक्रिमबारे चर्चा गर्दा उहाँले वास्तवमै 'हृदयविदारक' महसुस गर्नुभएको छ र?

बन्दूक हिंसा अमेरिकामा एक निरन्तर राजनीतिक रोग बनिसकेको छ। बितेका दुई दशकभन्दा बढी समयमा, अमेरिकामा कुनै प्रमुख संघीय स्तरको बन्दूक नियन्त्रण कानूनहरू पनि पारित भएको छैन र सर्वसाधारणहरूको चिच्याहटले बन्दूक उत्पादन र व्यापारको विशाल चासो श्रृंखलालाई हल्लाउन सक्दैन। निर्दोष अमेरिकीहरू, विशेष गरी बालबालिकाहरू अमेरिकाको राजनीतिक रोगको सिकार भएको कुरा हामी हेर्न चाहँदैनौँ। स्वर्गमा बन्दूकको हिंसा नहोस् र मरेकाहरूले आफ्नो मनपर्ने खानेकुराको आनन्द लिन सकून् भन्ने हाम्रो आशा छ।