अफगानिस्तानी पाइन नट्स चिनियाँहरूको खाना टेबुलमा
2023-03-31 09:32:42CRI
Share with:

हालैका वर्षहरूयता अझै धेरै आयातित मालसामान चीनको बजारमा प्रवेश भएको छन् र चिनियाँ सर्वसाधारणको खाना टेबुलमा आएको छ। ती विदेशी मालसामानले चीनको ठूलो बजारको व्यापारिक मौकाको साक्षी बस्नुका साथै खुला भैरहेको चीनले विश्वका लागि ल्याएको मौकाको पनि साक्षी बसेका छन्।

 

आर्थिक विश्वव्यापीकरण अगाडि बढाइरहेको साथसाथै चीनको बजारमा आयातित मालसामान अझै धेरै बनेको छ। अफगानिस्तानमा उत्पादित पाइन नट्स चिनियाँ उपभोगक्ताद्वारा मन पराइएको छ। 

अफगानिस्तानी पाइन नट्स व्यापारीले पत्रकारसँग भनेअनुसार, अफगानिस्तानी पाइन नट्स व्यापारीहरूले चीनको बजारमा महत्व दिन्छन्। हामिद नासाली कम्पनी लिमिटेडका जिम्मेवार व्यक्ति हामिद भन्छन् “चीनको परम्परागत नव वर्षले हामीलाई राम्रो मौका ल्याएको छ। हाम्रो अनुभवअनुसार, पाइन नट्स मात्र नभई काजुलगायतका नट्सहरूको राम्रो बजार हुने छ।” 

हामिदले कान्दाहारमा कम्पनी संचालन गर्छन्। उनको कम्पनीको कारोबार नट्स व्यापारसम्बन्धित छ। चीनको परम्परागत वसन्त चाड आएको बेलामा उनलाई खुशी लाग्यो। किनभने चीनको परम्परागत चाडमा चीनको बजारमा नट्सको माग ठूलो छ। त्यसैले चीनतर्फ अफगानिस्तानी पाइन नट्सको निर्यात बढाइएको छ। हामिदले अफगानिस्तान र चीनबीच व्यापार गर्छन्। उनले चीनको सिन्च्याङको ऊरुमुछीमा पसल खोलेका थिए। उनले चिनियाँ सँस्कृतिबारे केही जानकारी लिएका छन्। उनकाअनुसार, चिनियाँजस्तै अफगानिस्तानीहरूले अतिथिको स्वागत गर्दा नट्सको तयारी गर्ने गर्दछन्। अफगानिस्तानको विविध चाडमा अफगानिस्तानीहरूले नट्सलाई टेबुलमा राख्ने गर्छन्। तर अफगानिस्तानमा सधैं नै लडाई भएका कारण केही अफगानिस्तानी परिवारले नट्सको खर्च गर्न गाह्रो थियो। त्यसैले धेरै नट्स उद्योग-व्यवसायहरूले नट्सलाई विदेशतर्फ निर्यात गर्ने छनौट गरेका छन्। चीन अफगानिस्तानी उद्योग-व्यवसायले निर्यात गर्ने पहिलो छनौट हो। हामिद भन्छन् “हाम्रो ८० प्रतिशतका पाइन नट्स चीनतर्फ निर्यात गरिएको र चीनमा बिक्री गरिएको छ। हाम्रो लागि चीन बजार सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय बजार हो। चीनको राम्रो मौका छ।” 

 

विश्वबाट हेर्दा अफगानिस्तानी पाइन नट्स प्रसिद्ध छ। वार्षिक उत्पादित मात्रा २० हजार टन छ र वार्षिक निर्यातित रकम ८० करोड अमेरिकी डलर छ। १ लाख जना स्थानीय सर्वसाधारणले यसबाट रोजगारी पाएका छन्। 

पाइन नट्स अफगानिस्तानको बित्तीय आम्दानीको मुख्य उदगम बनेको छ र पनि अफगानिस्तानी किसानको आम्दानीको एक मात्रै उद्गम बनेको छ। 

हामिदले भनेअनुसार, गत वर्ष उनी चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी भएका थिए। चिनियाँ दर्शकले अफगानिस्तानी पाइन नट्सको गुणस्तरको प्रशंसा गरेका थिए। उनले चालू वर्षमा आफ्नो कम्पनीको पाइन नट्सको बिक्रीमा बृद्धि हुने अपेक्षा गरेका छन्। उनी भन्छन् “चालू वर्षमा मेरो विचारमा एक मौका छ। किनभने चीन बजारमा हाम्रो उत्पादित वस्तु लोकप्रिय छ। वितेका केही वर्षहरूमा कोरोना भाइरस महामारीबाट प्रभाव परेका कारण हाम्रो कारोबार त्यति राम्रो भएन। चालू वर्षमा पाइन नट्सको निर्यातमा बृद्धि हुने आशा हामीले लिएका छौं।” 

हामिदकाअनुसार, चीनको बजार फराकिलो छ। हालैका वर्षहरूयता चीनले विविध तरीकामा‍र्फत अफगानिस्तानी पाइन नट्स चीनतर्फ निर्यातका लागि मद्दत दिएको छ। पाइन नट्स दुई मुलुकको मैत्रीपूर्ण आदान-प्रदानको सूक्ष्म छवि जस्तै छ। अफगानिस्तानी पाइन नट्स चीनमा राम्रोसँग बिक्री गरिएको कुरा खुलामूलक विश्व अर्थतन्त्र र स्वतन्त्र व्यापारको सूक्ष्म छवि हो।