चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र सिंगापुरका प्रधानमन्त्रीबीच भेटवार्ता
2023-04-01 16:58:55cri
Share with:

मार्च 31 तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको औपचारिक भ्रमणमा रहनुभएका सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङसँग पैचिङमा भेटवार्ता गर्नुभयो।

 भेटमा राष्ट्राध्यक्ष सी चिन फिङले चीन र सिंगापुर महत्वपूर्ण सहयोगी साझेदार भएको कुरा औंल्याउनुभयो। चीन र सिंगापुरबीचको सम्बन्ध सधैं अग्रगामी, रणनीतिक र उदाहरणीय रहेको भन्दै उहाँले यसले दुइ देशको विकास र पुनरुत्थानलाई मात्र बलियो रुपमा प्रवर्द्धन गरेको नभई यो  क्षेत्रका देशहरुको लागि कोशेढुंगा भएको बताउनुभयो। चीनले चिनियाँ शैलीको आधुनिकीकरणको माध्यमबाट चौतर्फी रुपमा चिनियाँ राष्ट्रको महान कायाकल्पलाई अगाडि बढाएको जानकारी दिँदै सीले भन्नुभयो, ‘चीनको आर्थिक र सामाजिक जीवनलाई थप मुक्त गरिनेछ। चीनले सिंगापुर सहित चीनसँग सहयोग गर्न इच्छुक अन्य देशहरुसँग महत्वपूर्ण अवसरहरु बाँड्न चाहन्छ।’

 सिंगापुर र चीनले लामो समयदेखि एक अर्कालाई सहयोग र समर्थन गर्दै आएको बताउँदै सिंगापुरका प्रधानमन्त्री लीले दुई पक्षबीचको सम्बन्ध मात्रै बलियो हुने र चिनियाँ अर्थतन्त्रको निरन्तर सुधारमा दृढ विश्वास रहेको बताउनुभयो।