चिनियाँ राष्ट्राध्यक्ष र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता
2023-04-01 16:55:04cri
Share with:

मार्च ३१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीनको भ्रमणमा रहनुभएका स्पेनका प्रधानमन्त्री सान्चेजसँग भेटवार्ता गर्नुभएको छ।

सीका अनुसार यस वर्ष चीन र स्पेनबीचको दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव हो। आधा शताब्दी यता यी दुबै देशहरुले पारस्परिक सम्मान, आदानप्रदान र सक्रिय सहयोगमार्फत चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापना तथा विकास गरेका छन्।

उच्च गुणस्तरीय विकासले चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्न प्रयास गरिरहेको चीनले स्पेन लगायत विभिन्न मुलुकलाई अझ व्यापक बजारमूलक अवसर सिर्जना गर्ने छ। प्रधानमन्त्री सान्चेजका अनुसार स्पेनले चीनसँग सदिच्छापूर्ण आदानप्रदान र वार्ता कायम राख्दै जाने आशा छ।