पोआउ एशिया मञ्चका अध्यक्ष बान की मुनद्वारा सिएमजीलाई अन्तर्वार्ता
2023-04-01 16:54:15cri
Share with:

पाँच वर्षसम्म बोआउ एशिया मञ्चको अध्यक्षको कार्यभार सम्हालेका बान कि मुनले हालै चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका सामु देखापरेको नयाँ अवसर तथा चुनौतीबारेमा जानकारी दिनुभएको छ।

 उहाँले यसरी भन्नुभयो, ‘विश्व अझै पनि विभाजन, द्वन्द्व र जलवायु परिवर्तनको प्रभावको सामना गरिरहेको छ। हामीले सामना गर्नुपर्ने धेरै समस्याहरू छन्। हाम्रा बालबालिका र नातिनातिनाहरूका लागि यी विश्वव्यापी समस्याहरूलाई सम्बोधन गर्न हामीले सँगै प्रयास गर्नुपर्छ।’

 

एसियाको आर्थिक एकीकरणलाई प्रवर्द्धन गर्न २० वर्षअघि पोआउ एशिया मञ्च स्थापना भएको भन्दै उहाँले २० वर्षपछि सारा विश्व परिवर्तन हुँदै गइरहेको बताउनुभयो। उहाँले थप्नुभयो, ‘मेरो विचारमा पोआउ एशिया मञ्चले एसियाभन्दा बाहिर हेर्नुपर्छ। पोआओ फोरमको अध्यक्षको हैसियतमा मैले यस मञ्चको नाम परिवर्तन गर्ने भन्ने सुझाव दिएको थिएँ भने एसियाली क्षेत्रका लागि पोआउ एशिया मञ्च मात्र होइन, सारा विश्वका लागि पोआउ मञ्चमा परिवर्तन गर्नसक्छ। जसले हामीले वास्तविक रुपमा विश्वव्यापी एजेन्डाबारे छलफल गर्न सकौं।

 चीनले बेल्ट एण्ड रोड निर्णय प्रस्तावमार्फत अन्तर्राष्ट्रिय सहयोगलाई प्रवर्द्धन गरिरहेको भन्दै मुनले यसका अतिरिक्त चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विश्व सुरक्षा पहल, विश्वव्यापी विकास पहल र ग्लोबल सभ्यता पहल गरी तीन वटा महत्त्वपूर्ण विश्वव्यापी पहलहरू प्रस्ताव गर्नुभएको स्मरण गर्नुभयो।

 

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वकै ठूलो राष्ट्र हुनुका साथै धेरै स्रोतसाधन र शिक्षाको उच्च स्तर रहेको बताउँदै मुनले विश्व राजनीतिमा वास्तविक प्रभाव रहेको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, ‘त्यसैले मलाई लाग्छ राष्ट्रपति सीको विचारधारा धेरै प्रशंसनीय छ। मेरो आशा छ कि यी तीन पहलहरूले वास्तवमा अन्य विकासशील देशहरूलाई मद्दत गर्नेछ।’