होन्डुरसले थाइवानसँग कूटनीतिक सम्बन्ध तोड्नु अधि अमेरिका र थाइवानले के गरे?
2023-04-01 17:01:20cri
Share with:

पैचिङ समय अनुसार मार्च 30 तारिख होन्डुरसको विदेश मन्त्रालयले राष्ट्रपति चिओमारा क्यास्ट्रोले छिट्टै चीनको भ्रमण गर्ने घोपणा गरेको छ। यस अवधिमा होन्डुरसले थाइवानसँग तथाकथित “दौत्य सम्बन्ध”तोडेको छ भने चीनसँग दौत्य सम्बन्ध स्थापना गरेको ४ दिन बितिसकेको छ।

 

चीन र होन्डुरसबीच दौत्य सम्बन्ध स्थापना हुनुअघि लामो समयदेखि होन्डुरस र थाइवानबीच अस्थिर “कूटनीतिक सम्बन्ध”रहेको हल्ला चलिरहेको थियो। यस अवधिमा थाइवानको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरुले पुनःप्राप्तिको लागि सक्दो प्रयास गरे र अमेरिकालाई “उद्धार” गर्न बिन्ती पनि गरे तर अमेरिका र थाइवानले जतिसुकै प्रयास गरे पनि जबरजस्ती र प्रलोभन पनि अन्ततः बेकार थियो।

 

छाइ यिङ वन सत्तामा आएदेखि सात वर्षमा थाइवानको तथाकथित “कूटनीतिक देशहरु” २२ बाट १३ मा झरेका छन् र ल्याटिन अमेरिकामा “कूटनीतिक देशहरु”को संख्या पनि १२ बाट ७मा झरेको छ,लगभग आधा कम। धेरै भन्दा धेरै देशहरुले एक चीन सिद्धान्तलाई मान्यता दिएका छन् र चीनको पुनर्मिलनलाई समर्थन गरेका छन्, यो सामान्य प्रवृत्ति हो।