राष्ट्राध्यक्ष सी चिन फिङ र मलेसियाली प्रधानमन्त्रीबीच भेटवार्ता
2023-04-01 16:58:02cri
Share with:

मार्च ३१ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीनको औपचारिक भ्रमणमा रहनुभएका मलेसियाका प्रधानमन्त्री अनवरसँग पैचिङमा भेट गर्नुभयो।

 सी चिन फिङले चीन र मलेसियाबीचको मित्रताको लामो इतिहास रहेको र द्विपक्षीय सम्बन्धको विकास सधैं यस क्षेत्रका राष्ट्रहरूको अग्रपङ्क्तिमा रहेको बताउनुभयो। यो वर्ष चीन-मलेसिया व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको दशौं वार्षिकोत्सव भएको बताउँदै उहाँले अर्को वर्ष दुई देशबीचको दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव हुने बताउनुभयो। दुई पक्षले आगामी चरणमा दुवै देशको सम्बन्धको विकास र विभिन्न क्षेत्रमा सहयोगलाई प्रवर्द्धन गर्ने, चीन-मलेसिया सम्बन्धको स्थायित्व र थप विकासलाई प्रवर्द्धन गर्ने र दुई देशको समृद्धि र विकासमा नयाँ प्रेरणा दिने समग्र योजनाहरू बनाउनुपर्ने राष्ट्राध्यक्ष सीले ‌औंल्याउनुभयो।

 भेटवार्तामा अनवरले भन्नुभयो, "चिनियाँ राष्ट्राध्यक्ष सीले चीनको इतिहास मात्र परिवर्तन गर्नुभएन, तर विश्व र मानव सभ्यतामा नयाँ आशा पनि ल्याउनुभयो। सी नेतृत्वको कदर गर्दै मित्रताको कदर गर्छु।"