चिनियाँ प्रधानमन्त्री ली छ्याङ र जापानी परराष्ट्र मन्त्रीबीच पैचिङमा भेटवार्ता
2023-04-03 16:27:56CRI
Share with:

चिनियाँ प्रधानमन्त्री ली छ्याङले  २ तारिख दिउँसो चीनको भ्रमणमा रहनुभएका जापानी परराष्ट्र मन्त्री योशिमासा हायाशीसँग भेटघाट गर्नुभएको छ। 

प्रधानमन्त्री लीले चीन र जापान छिमेकी र एशियाका महत्वपूर्ण मुलुक भएको भन्दै चीन र जापानबीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको संरक्षण र विकास गर्नु दुई मुलुक र दुई मुलुकका जनताको मूलभूत हित अनुकूल भएको बताउनुभयो। साथै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका लागि हितकर भएको पनि उहाँले बताउनुभयो। जापान र चीनले वार्ता र सहयोग बढाउने, विवादको व्यवहारिक निरुपण गर्ने, द्विपक्षीय सम्बन्धको सकारात्मक प्रवृत्तिलाई विस्तार गर्ने, नयाँ युगअनुकूल दुई मुलुकको सम्बन्धको सिर्जना ग‍र्न संयुक्त रुपमा अगाडि बढाउने आशा पनि उहाँले प्रकट गर्नुभयो। 

प्रत्युत्तरमा जापानी परराष्ट्रमन्त्री योशिमासा हायाशीले जापानले चीनसँग दुई मुलुकका नेताहरूबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने, वार्ता र आदान-प्रदान गर्ने, जापान र चीनबीचको रचनात्मक र स्थिर सम्बन्धको सिर्जना गर्ने आशा लिएको बताउनुभयो।