इरानकी विद्यार्थी आइ शा लीद्वारा चिनियाँ संस्कृतिको अनुभव
2023-04-03 09:48:17cri
Share with:


इरानकी विद्यार्थी आइ शा ली चीनको निङ पो शहरमा १९ वर्ष अघिदेखि बस्देआएकी छिन्। चीनमा उनले धेरै साथी बनाउनुकासाथै धेरै ठाउँ पनि घुमेकी छिन्। उनी चीनको विविध संस्कृतिको अनुभव गर्दै चीनलाई धेरै मन पराउँछिन्।

 

नमस्ते, मेरो नाम आइ शा ली हो। म इरानी हुँ। म २२ वर्षकी भएँ। मेरो चीन बसाइ १९ वर्ष भइसक्यो। अहिले म च च्याङ विश्वविद्यालयमा चिकित्सा पढ्दै छु।

 

१९ वर्षअघि आफ्ना बुवा आमासँगै आइ शा ली चीन आएकी थिइन्। १९ वर्षको चीन बसाइबारे चर्चा गर्दै उनी भन्छिन्,

एक दुई वाक्यमार्फत १९ वर्षको जीवनबारे बयान गर्न गाह्रो छ, तर यहाँको जीवन विविध र रङ्गीचङ्गी छ। बाल्यकालमै म मेरा बुवा आमासँगै निङ पो आएकी हुँ। त्यसैले मेरो बढी सम्झना चीनसँग सम्बन्धित छ।

 

१९ वर्षको चीन बसाइमा आइ शा लीले जताततै सुखको अनुभव गरेकी छिन्।

चीनमा ठूलो परिवर्तन भएको छ। उदाहरणका लागि सबवैको रुट बढेर अझ सुविधाजनक बन्दै आएको छ। शहर पनि अझ सुन्दर बन्दै आएको छ। अरु महत्त्वपूर्ण कुरा भनेको चिनियाँहरु अझ खुसी भएका छन्। अत्याधिक चिनियाँहरुको खाने लाउने समस्या छैन।

 

आफ्ना बुवा आमाको प्रभावमा बाल्यकालदेखि नै आइ शा लीले इतिहास र संस्कृतिप्रति चासो राखेकी थिइन्। उनको घरमा धेरै इतिहाससम्बन्धी पुस्तकहरु छन्। तीमध्ये उनलाई चिनियाँ इतिहास सबैभन्दा बढी मन पर्छ। चीनको पाँच हजार वर्षको पूरानो तथा गहन इतिहासबाहेक समावेशिता भएको विविध चिनियाँ संस्कृतिले उनलाई आकर्षण गरेको छ।

 

चीनमा विभिन्न किसिमका विचारहरू मिलाइएर पुस्तान्तरण गरिएको छ। चिनियाँको जीवन शैली फरक फरक छन्। अरुले चिनियाँ संस्कृति सिक्न सक्ने आशा मैले गरेकी छु, किनभने सिकेपछि तपाईँ अरु सहनशील बन्न सक्नुहुन्छ।

 

आइ शा लीको दृष्टिकोणमा चिनियाँहरुको खुला तथा सहनशील भावना चीनको विकासको आध्यात्मिक शक्ति हुनुका साथै चीनद्वारा प्रस्तुत विश्व विकासको अवधारणा पनि बनेको छ। उदाहरणका लागि कोरोना महामारीको अवधिमा चीनले टाढाको इरान लगायत मुलुकहरुलाई सक्दो सहायता गरेपछि अन्तर्राष्ट्रिय समाजले उच्च मूल्याङ्कन गरेको छ।

 

चीनले महामारीको प्रभावकारी नियन्त्रण गर्दा इरानमा गम्भिर महामारी देखा परेको थियो। सो अवधिमा चीनले तुरुन्तै एउटा चिकित्सा टोली र धेरै मास्क तथा सुरक्षा पोशाकहरु इरानलाई पठाएको थियो। चीनमा महामारी देखा परेको बेलामा इरानका सम्पूर्ण अग्ला भवनहरुमा पनि “वु हान होस्टे हैँसे,चीन होस्टे हैँसे” भन्ने व्यानर झुण्डाइएको थियो। चीन र इरान साँच्चै साथी हुन् भन्ने मलाई लाग्छ।

 

आइ शा लीले निङ पोको एउटा सडकमा महामारी सम्बन्धी स्वयंसेवक बनेर धेरै मानिसहरुलाई सहयोग गरेकी थिइन्।

 

महामारीपछि चिनियाँ चिकित्सकहरु धेरै मिहिनेतसँग काम गरेको मैले देखेँ। त्यसैले उनीहरुको सहायक बनेर अरु बढी मानिसहरुलाई सहायता दिन सक्ने इच्छा मैले गरेकी थिएँ।

 

भविष्यमा आइ शा लीले चिनियाँ परम्परागत चिकित्सा विधि र पश्चिमा चिकित्सा विधि जोडेर विपन्न मुलुकहरुका बिरामीहरुको उपचार गर्न सक्ने आशा राखेकी छिन्।