चिनियाँ ढाँचाको आधुनिकीकरणबाट विकासोन्मुख मुलुकका लागि एउटा नमूनाको सिर्जना
2023-04-03 14:48:23cri
Share with:

बितेका दशौं वर्षभन्दा लामो समयभित्र चीनले टड्कारो उपलब्धि प्राप्त गर्नुका साथै जनताको चाहना आधारित अनुकूल नीतिको तर्जुमा गर्दै आएको छ। यस दृष्टिबाट हेर्दा चीनको विकास एकदमै सफल रहेकाले पाकिस्तान लगायत मुलुकहरू पनि लाभान्वित भएका छन्। त्यसैगरी चीनसित अझ गहन व्यावसायिक सहकार्य चलाउनु नै पाकिस्तानको आशा रहेको छ। पाकिस्तानी योजना विकास र ठूला  योजना मन्त्रालयका प्रमुख अहसान इक्बाल चौधरीले हालै पोआउ एशिया मञ्च सन् २०२३ को वार्षिक सम्मेलनमा सहभागी हुँदै उक्त कुरा बताउनुभएको हो।

 

प्रमुख चौधरी पोआउ एशिया मञ्चको वार्षिक सम्मेलनमा सहभागी हुनुभएको यो तेस्रो पटक हो। उहाँका अनुसार, त्यस मञ्चको वार्षिक सम्मेलनले क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्नुका साथै वैश्विक समस्याबारे छलफल गर्नका लागि एकले अर्काबाट सिक्ने र आपसी आदानप्रदान गर्ने चौतारोको सिर्जना गरेको छ।

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको मानव जाति भाग्य समुदायको एकरूपता विचारधारा र वैश्विक विकास प्रस्ताव, वैश्विक सुरक्षा प्रस्ताव र वैश्विक सभ्यता प्रस्तावको पनि चौधरीले उच्च प्रशंसा गर्नुभएको छ।