चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अरबेली प्रसिद्ध कलाकार प्रतिनिधिहरूलाई जवाफी चिट्ठी
2023-04-03 19:17:44CRI
Share with:

हाल चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रेशमी मार्ग कलाकार भेलामा सहभागी हुन चीन आएका अरबेली प्रसिद्ध कलाकार प्रतिनिधिहरूलाई जवाफ चिट्ठी पठाउँदै कलाकारहरूलाई चीन र अरबेली जनताहरुको मित्रताका लागि नयाँ योगदान दिन प्रोत्साहन गर्नुभएको छ। 

सीले गत वर्षको अन्त्यमा प्रथम चीन-अरबेली मुलुकहरू शिखर सम्मेलनमा नयाँ युगतर्फ उन्मुख हुने चीन र अरबेली मुलुक भाग्य समुदायको चौतर्फी रुपमा सि‍र्जना गर्ने निर्णय गरिएको कुरा व्यक्त गर्नुका साथै अरबेली कलाकारहरूले चीनको भ्रमण गर्नसक्ने, चीनबाट प्राप्त गरेको अनुभव बाँड्नसक्ने, चिनियाँ जनतासँग मिलेर नयाँ युगमा चीन र अरबेली मुलुकबीचको सभ्यता आदान-प्रदानको नयाँ अध्यायको संयुक्त रुपमा रचना गर्नसक्ने आशा व्यक्त गर्नुभयो। 

रेशमी मार्ग कलाकार भेला कार्यक्रममा सहभागी ५० भन्दा बढी अरबेली प्रसिद्ध कलाकारले राष्ट्राध्यक्ष सी चिनफिङलाई चिट्ठी पठाई विगत दश वर्षमा चीनको भ्रमणबाट प्राप्त गरेको अनुभव बाँडेका थिए।