चीनको छिङमिङ सौर्य मासका मीठा खाना
2023-04-03 14:41:37cri
Share with:

चिनियाँ जातिको खाना सभ्यता हजारौँ वर्षदेखि विकसित हुँदै चिनियाँ सभ्यतामा विभाजन गर्न नसकिने एउटा भाग बनिसकेको छ। चाडवाडमा मीठा खाने कुरा चिनियाँ खानाको महत्वपूर्ण भाग रहेको छ। पैचिङ समय अनुसार अप्रिल ५ तारिख चीनमा परम्परागत २४ सौर्य मासहरूको छिङमिङ सौर्य मासको स्वागत गरिनेछ।

छिङमिङ एउटा सौर्य मास हुनुका साथै चीनको वसन्त चाड, ड्र्यागन डुङ्गा महोत्सव, मध्य शरद महोत्सवसँगै चीनका चार वटा परम्परागत महोत्सवमा पर्दछन्। छिङमिङ महोत्सवमा चीनका विभिन्न ठाउँमा विविध मीठा खाने कुरा पाइन्छन्, हरेक किसिमका मिस्ठान्नमा वसन्त ऋतुको स्वाद रहेको छ।