रुस तथा भारत लगायत अन्तर्राष्ट्रिय समाजसँग अरु बढी सम्पर्क गरी विश्वसमक्ष सकाकात्मक संकेत दिन चीन इच्छुक
2023-04-04 09:49:54cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले अप्रिल ३ तारिख नियमित पत्रकार सम्मेलनमा बोल्दै रुस तथा भारत लगायत अन्तर्राष्ट्रिय समाजसँग अरु बढी सम्पर्क गरी विश्वसमक्ष साँचो बहुपक्षीयतावादको संरक्षण तथा हातमा हात मिलाएर विश्वव्यापी चुनौतीको सामना गर्ने सकाकात्मक संकेत दिन चीन इच्छुक रहेको व्यक्त गर्नुभएको छ।

 

प्राप्त समाचार अनुसार, मार्च ३१ तारिख रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ “संघीय रुसको वैदेशिक नीति सम्बन्धी परिकल्पना” शीर्षकको एउटा दस्तावेजमा हस्ताक्षर गर्नुभएको छ।

 

सो दस्तावेजका अनुसार, चीन र भारतसँगको सम्बन्धलाई सबल पार्नु रुसको वैदेशिक नीतिको प्राथमिक विषय हो।

 

यसबारे प्रवक्ता माउ निङले चीन र रुसले आपसी सम्मान, शान्तिपूर्ण सह-अस्तित्व, सहयोग र साझा जीतमा आधारित ठूलो मुलुक बीचको नयाँ सम्बन्धको विकास गर्न प्रयास गर्दै आएको भन्दै चीन, रुस र भारत तीन मुलुक विश्वमा महत्त्वपूर्ण प्रभाव रहेका नवोदित ठूला मुलुकहरु भएको प्रकट गर्नुभयो।