हवाई भाडा घट्यो
2023-04-05 16:07:20CRI
Share with:

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। योसँगै वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको छ। 

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले कटौती गरेको थियो। सोअनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४ सय ४० भाडा घटेको छ। यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र ७ हजार ५ सय १० तिर्नुपथ्र्यो भने अब ७ हजार ७० भाडा कायम गरिएको छ। 

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा ३ सय ४५ घटेर अधिकतम भाडा ५ हजार ४ सय ९० कायम भएको छ। 

काठमाडौं–भद्रपुर रुटमा तीन सय, विराटनगरमा दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि रु एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाको दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ हवाई भाडा घटेको राससले जनाएको छ।