चीन र भियतनामका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
2023-04-05 16:35:17CRI
Share with:

चिनियाँ प्रधानमन्त्री ली छ्याङले अप्रिल ४ तारिख भियतनामका प्रधानमन्त्री फाम मिन छिङसँग टेलिफोन वार्ता गर्नुभएको छ। 

प्रधानमन्त्री ली छ्याङले चीनले भियतनामसँग मिलेर महासचिव सी चिनफिङ र महासचिव न्यूयेन फू रोङले रच्नुभएको ब्लुप्रिन्टलाई वास्तविकता बनाउने, चीन र भियतनामको चौतर्फी रणनीतिक सहयोगात्मक सहयोगमा उपलब्धि हासिल गर्न अगाडि बढाउने बताउनुभयो।

लीले चीन र भियतनामले एशिया प्रशान्तको स्थिरता र समृद्धिलाई निरन्तर रुपमा बढाउने, वार्ता र छलफलमार्फत विवाद हटाउने, दुई मुलुकको विकासका लागि राम्रो बाह्य वातावरणको सिर्जना गर्ने कुरामा पनि जोड दिनुभयो।

फाम मिन छिङले भियतनाम र चीनको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकास भियतनामको बाह्य नीतिको प्राथमिक दिशा भएको तथा भियतनामले चीनसँग राजनीतिक आदान-प्रदान र रणनीतिक पारस्परिक विश्वासलाई बढाउने र विभिन्न क्षेत्रको व्यवहारिक सहयोगलाई विस्तार गर्ने र दुई मुलुकको सम्बन्धको विकासलाई अगाडि बढाउने व्यक्त गर्नुभयो।