चिनियाँ निजी उद्यमको विकासमा विश्वको पहिलो तरल-ईन्धन क्यारियर रकेट सफलतापूर्वक कक्षमा प्रवेश
2023-04-05 11:45:32CRI
Share with:

बेइजिङ समय अनुसार, सन् २०२३ को अप्रिल २ तारिख, चीनको च्यौछ्यान उपग्रह प्रक्षेपण केन्द्रबाट थ्यानलोङ-२ याओ-१ क्यारियर रकेटको सफलतापूर्वक प्रक्षेपण भएको छ र रकेटद्वारा बोकिएका ‘लभ स्पेस साइन्स’ नामक उपग्रहलाई सफलतापूर्वक निर्धारित कक्षमा पुर्याइएको छ। यस पहिलो परीक्षात्मक उडानको मुख्य उद्देश्य क्यारियर रकेटको समग्र योजना र सम्बद्ध विभिन्न प्रणालीहरू बीचको समन्वयलाई प्रमाणित गर्नुका साथै पूर्ण उडान यात्राको वातावरणको तथ्याङ्कहरू प्राप्त गर्नु हो। ‘लभ स्पेस साइन्स’ उपग्रह मुख्यतया रिमोट सेन्सिङ इमेजिङ प्रयोग लगायतका प्रविधिहरूको प्रमाणीकरण गर्ने क्रममा प्रयोग गरिन्छ। यो मिसन थ्यानलोङ-२ क्यारियर रकेटको पहिलो उडान हो।

थ्यानलोङ–२ क्यारियर रकेट 'थ्यानपिङ टेक्नोलोजी' नामक चिनियाँ निजी कम्पनीले विकास गरेको हो। योसँगै थ्यानलोङ-२ विश्वमा निजी उद्यमद्वारा विकसित र सफलतापूर्वक प्रक्षेपण गरिएको पहिलो तरल-ईन्धन  क्यारियर रकेट बनेको छ।