चीन र फ्रान्सद्वारा संयुक्त रुपमा खिचिएका वृत्तचित्रहरू पैचिङमा सार्वजनिक
2023-04-05 10:45:42CRI
Share with:

फ्रान्सका राष्ट्रपति इमानूएल माक्रोनको चीनको राजकीय भ्रमणको दौरान चीन र फ्रान्सले संयुक्त रुपमा खिचेका “फोटोग्राफीलाई पुलको रुपमा राख्ने” शीर्षकको वृत्तचित्रहरू अप्रिल ४ तारिख पैचिङमा सार्वजनिक गरिएको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईश्युङले उक्त कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको छ। 

महानिर्देशक शनले विगत पाँच वर्षयता चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति माक्रोनले घनिष्ठ आदान-प्रदानलाई कायम राख्नुभएको बताउँदै दुई मुलुकको सम्बन्धलाई सकारात्मक विकासको प्रवृत्तिलाई कायम राख्न निर्देशन गर्नुभएको तथा द्विपक्षीय सहयोगलाई प्रशस्त उपलब्धि हासिल गर्न अगाडि बढाउनुभएको बताउनुभयो। उहाँले चाइना मिडिया ग्रुपले फ्रान्सेली सञ्चार-माध्यमहरूसँग फलदायक सहकार्य गरेको पनि बताउनुभयो। उहाँले सार्वजनिक गरिएका ती वृत्तचित्रहरू चीन र फ्रान्सका जनताहरूबीचको आदान-प्रदानको पुल हुने कुरामा जोड दिनुभएको छ।