छिन वंशका प्रथम सम्राटको समाधिस्थल बारेको चर्चा-1
2023-04-05 10:30:16CRI
Share with:

छिन वंशका प्रथम सम्राटको समाधिस्थल पल्लो शान सी प्रान्तको लीन थोंग राज्यदेखि पाँच किलोमिटर टाढामा अवस्थित येन चाई गाउँमा पर्दछ। आकाशबाट सो समाधिस्थललाई हेर्दा एउटा विशाल पिरामिड जस्तो देखिन्छ।  

      छिन वंशका प्रथम सम्राटको समाधिस्थलको बनौट पूराका पूरै छिन वंशको राजधानी सेन यांगको आकार जस्तै थियो। विशाल भूमिगत दरबार सम्राटको सुन्दर र सुनौलो दरबारको प्रतीक हो भने समाधिस्थलका भित्री पर्खाल र बाहिरी पर्खाल राजधानी सेन यांगका दरबारभित्र र बाहिरका पर्खालहरुका प्रतीक हुन। सो समाधिस्थलको कूल क्षेत्रफल 66.25 वर्ग किलोमिटर छ। यो क्षेत्रफल हालको पल्लो शान सी प्रान्तको सदरमूकाम सिआनको कूल क्षेत्रफलभन्दा एक गुणा बढी हो।

        छिन वंशका प्रथम सम्राटले तेह्र वर्षको उमेरदेखि नै आफ्नो लागि समाधिस्थलको निर्माण कार्यको आरम्भ गर्नुभएको थियो। त्यस बेलाका छवटा साना मुलुकलाई एकीकृत गरेपछि उहाँले विभिन्न स्थानबाट एक लाख मानिसलाई बोलाएर निरन्तर रुपमा निर्माण कार्य गर्दैजाने आदेश दिनुभएको थियो। पचास वर्षको उमेरमा उहाँको निधन भएको थियो। सो समाधिस्थलको निर्माण जम्मा 37 वर्षसम्म गरिएको थियो। ऐतिहासित किताबमा लेखिए अनुसार, सो समाधिस्थल मुसलधारे पानी परिरहेका बेला पनि निर्माण गरिएको थियो र त्यस पानीबाट भत्केपछि पटक-पटक मरम्मत गरिएको थियो। सो समाधिस्थलमा विश्वमा विरलै देखिने गहनाहरु पाइएका छन्। त्यस समाधिस्थललाई संभावित लुटपाटबाट जोगाउनका लागि समाधिस्थलमा गुप्त आक्रमण नाकाको पनि व्यवस्था गरिएका छ। समाधिस्थलको माथिल्लो भागमा मूल्यवान गहनाहरु झुण्ड्याइएका छन जसले ताराहरुको प्रतिनिधित्व गर्दछन। तल्लो भागमा भित्रपट्टि मर्करी भरिएका पाइपहरु विछ्याइएका छन जसले विभिन्न स्थानको भौगोलिक बनोट, ठूल्ठूला खोला-नाला र नदीहरुको प्रतिनिधित्व गरेका छन। समाधिस्थलको वरिपरि ठूला टेराकोटा सिपाहींहरु तैनाथ छन्। सो समाधिस्थलको डिजाइन र भव्यताबाट छिन वंशका प्रथम सम्राटको सर्वोच्च अधिकार र प्रतिष्ठा रहेको कुरा स्पष्ट पारिएको छ। 

        

सन् 210 मा शा छ्यु अर्थात् हालको ह पै प्रान्तको फिंग गाउँमा छिन वंशका प्रथम सम्राटको निधन भयो। उहाँको निधन भएको दुइ महिनापछि दाह संस्कारका लागि उहाँको शवलाई राजधानी सेन यांग ल्याइएको थियो। उहाँको दाह संस्कार समारोहमा दोस्रो सम्राट हु हाईले प्रथम सम्राटका लागि सेवा गर्ने केटीहरु र समाधि स्थलको निर्माण गर्ने कारिगरहरुलाई पनि उहाँको समाधि स्थलमा गाड्ने क्रुर आदेश दिनुभएको थियो।