अन्तर्राष्ट्रिय समाजसँग खुला विश्व अर्थतन्त्रको सिर्जना गर्नेः चीनको परराष्ट्र मन्त्रालय
2023-04-05 08:15:31CRI
Share with:

हाल विश्व बैंकले सन् २०२३ चौथो मुद्दा “पूर्वी एशिया र प्रशान्त क्षेत्रीय अर्थतन्त्रको अर्धवार्षिक प्रतिवेदन” सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनअनुसार, चीनको अर्थतन्त्र ठूलो मात्रामा बढेका कारण चालू वर्षमा पूर्वी एशिया र प्रशान्त क्षेत्रका विकासोन्मुख आर्थिक समूहहरूको अर्थतन्त्र वृद्धि भएर ५.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ। 

अप्रिल ४ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनमा गत साता पोआउ एशिया मञ्चमा एशिया अर्थतन्त्रको भविष्यको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको बताउनुभएको छ। उक्त प्रतिवेदनअनुसार, चालू वर्षमा एशियाको अर्थतन्त्रको वृद्धि दर विश्वको औसत स्तरभन्दा बढी हुने तथा चीन एशियाको आर्थिक वृद्धिको सबैभन्दा ठूलो शक्ति हुने बताउनुभयो।

माउले चीनले उच्च गुणस्तरको बाह्य खुलापनलाई दृढताका साथ अगाडि बढाउने, अन्तर्राष्ट्रिय समाजसँग मिलेर सहयोग र साझा विजयी, खुलापन र समावेशी पालना गर्ने, खुला विश्व अर्थतन्त्रको सिर्जना गर्ने पनि बताउनुभयो।