चिनियाँ कम्युनिष्ट पार्टीद्वारा किन समग्र पार्टीमा शिक्षा अभियान चालिएको?
2023-04-06 09:45:49CRI
Share with:

हालै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोले एक बैठकको आयोजना गरी चालू वर्षको अप्रिलदेखि चिनियाँ कम्युनिष्ट पार्टीका ९ करोड ६० लाख जना सदस्य र अधिकारीले सी चिनफिङको नयाँ युगको चीनको विशेषतायुक्त समाजवादी विचारधाराको शिक्षा अभियान चाल्ने निर्णय गरेको छ।

 

सन् २०२२ अक्टोबरमा आयोजना भएको चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनमा आगामी पाँच वर्ष र अझै लामो समयकालागि चीनको विकास ब्लुप्रिन्ट प्रस्तुत गरिएको थियो। सी चिनफिङको नयाँ युगको चीनको विशेषतायुक्त समाजवादी विचारधारा चिनियाँ कम्युनिष्ट पार्टीको कार्यान्वयनको मार्गनिर्देश बनेको छ। समग्र पार्टीमा सी चिनफिङको नयाँ युगको चीनको विशेषतायुक्त समाजवादी विचारधारा अध्ययन र कार्यान्वयन गर्नु चिनियाँ कम्युनिष्ट पार्टीले बीसौँ महाधिवेशनको भावनालाई व्यवहारमा उतार्ने महत्वपूर्ण कदम हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता पूरा भएको पाँच पटकको शिक्षा अभियानबाट हेर्दा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको शिक्षा अभियानले स्पष्ट उपलब्धि हासिल गरेको थियो। सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो पहिलो सय वर्षको लक्ष्य साकार तुल्याएको थियो। यो लक्ष्य के हो भने चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको शतवार्षिकोत्सवको उपलक्ष्यमा गरिबी समस्याको समाधान गर्नु र सम्पन्न समाजको निर्माण पूरा गर्नु हो।