राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ताद्वारा साइ यीङ वनले सीमा पार गरी अमेरिकाको आकस्मिक भ्रमण गरेकोमा सम्बोधन
2023-04-06 10:00:41cri
Share with:

चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ताले ६ तारिख साइ यीङ वनले सीमा पार गरी अमेरिकाको आकस्मिक भ्रमण गरेकोमा सम्बोधन गर्नुभएको छ।

 

ती प्रवक्ताले भन्नुभयो, ‘चीनले कुनै पनि अमेरिका-थाइवान सरकारी आवतजावतको दृढताका साथ विरोध गरेका छौं। थाइवान क्षेत्रका नेताले जुनसुकै नाउँमा अमेरिकाको आकस्मिक भ्रमण गरेको कारवाईको हामीले दृढताका साथ विरोध गरेका हौँ। अमेरिकाले एक मात्र चीन भन्ने सिद्धान्त तथा चीन अमेरिका बीच ३ वटा संयुक्त विज्ञप्तिको उल्लङ्घन गरेको छ र मिन चिन पार्टीको सत्तारूढसँग सबै खालका सम्पर्क राखेकोमा हामीले दृढताका साथ विरोध गरेका छौं।’

 

चिनियाँ जनमुक्ति सेनाले गम्भीर रूपमा कर्तव्य र कार्यभार वहन गर्दै जुनसुकै बेला पनि उच्च सतर्कतालाई कायम राख्नुका साथै दृढताका साथ देशको सार्वभौमिकता र भौगोलिक अक्षुण्णताको संरक्षण गरी थाइवान जल डमरूको शान्ति र स्थिरताको संरक्षण गर्नुपर्ने कुरा पनि प्रेस प्रवक्ताले आफ्नो सम्बोधनमा उल्लेख गर्नुभयो।