परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा साइ यीङ वनको आकस्मिक अमेरिकाको भ्रमणको टिप्पणी
2023-04-06 10:01:30cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ६ तारिख साइ यीङ वनले सीमा पार गरी अमेरिकाको आकस्मिक भ्रमण गरेकोमा सम्बोधन गर्नुभएको छ।

 

प्रवक्ताका अनुसार, हाल अमेरिकाले चीनको गम्भीर आपत्ति र धेरैपटकको चेतावनीको बावजुद जथाभावी रूपमा सीमा पार गरी अमेरिकाको आकस्मिक भ्रमण गर्न थाइवान क्षेत्रका नेता साइ यीङ वनलाई छुट दिएको छ। यसका अतिरिक्त, अमेरिकी सरकारका तेस्रो नम्बरका व्यक्ति अर्थात् काङग्रेसको प्रतिनिधि सभाका सभामुख केविन मेकार्सीले साइ यीङ वनसँग खुला रूपमा भेट गर्नु बाहेक अमेरिकी पदाधिकारी र काङग्रेसका अन्य सांसदहरूले उनीसँग सम्पर्क राखी “थाइवान पक्षधर” पृथकतावादी धारणा प्रकाशित गर्न साइ यीङ वनलाई चौतारो उपलब्ध गराएका छन्। अमेरिकाको त्यस कारवाईले एक मात्र चीन भन्ने सिद्धान्त र चीन अमेरिका बीच ३ वटा संयुक्त विज्ञप्तिको नियमको गम्भीर रूपमा उल्लङ्घन गर्दै चीनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई ध्वस्त पार्नुका साथै “थाइवान पक्षधर” पृथकतावादी शक्तिलाई गलत संकेत दिएको छ। त्यसैगरी चीनले त्यस कारवाईको दृढताका साथ विरोध गर्दै कडा शब्दमा निन्दा गरेको छ।