अमेरिकी कांग्रेसको प्रतिनिधि सभाका प्रमुख केभिन म्याकार्थीद्वारा साइ यीङ वनलाई भेटेकोमा चीनको राष्ट्रिय जन कांग्रेसको वैदेशिक मामिला समितिको वक्तव्य
2023-04-06 15:27:57cri
Share with:

आज अप्रिल ६ तारिख, अमेरिकी कांग्रेसका प्रधिनिधि सभाका प्रमुख केभिन म्याकार्थीले अमेरिकामा चीनको थाइवान क्षेत्रका नेता साइ यीङ वनलाई भेटवार्ता गरेकोमा चीनको राष्ट्रिय जन कांग्रेसको विदेशी मामिला समितिले एउटा वक्तव्य प्रकाशित गरेको छ।

अप्रिल ६ तारिख, अमेरिकी कांग्रेसको प्रतिनिधि सभाका प्रमुख म्याकार्थीले चीनको कडा विरोधको बेवास्ता गरेर पारगमनको नाउँमा अमेरिका छिरेको चीनको थाइवान क्षेत्रका नेता साइ यीङ वनसँग भेटघाट गर्नुभएको छ। यस व्यवहारले एक मात्र चीनको नीति र चीन-अमेरिकाबीच थाइवानसम्बन्धी तीन वटा संयुक्त वक्तव्यको गम्भीर रूपमा उल्लंघन गर्नुका साथै अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमलाई उल्लंघन गरेर चीनको सार्वभौमिकता र प्रादेशिक अखण्डतालाई गम्भीर रूपमा नष्ट गरेको छ। चीनको जन कांग्रेसले यसको कडा विरोध गर्नुका साथै कडा निन्दा गरेको छ।

थाइवान समस्या चीनको मुख्य रूचिका साथै चीन-अमेरिका सम्बन्धको राजनैतिक आधार हो। अमेरिका र थाइवानबीचको कुनै पनि किसिमका औपचारिक आदानप्रदानको चीनले कडा विरोध गरेको छ। अमेरिका सरकार र कांग्रेसले एक मात्र चीन नीतिला खल्बल्याउने गतिविधि नगर्न र चीन-अमेरिका सम्बन्धको राजनैतिक आधारमा क्षति नपुर्याउन पनि चीनले ताकेता गरेको छ।