चीन, फ्रान्स र युरोप त्रिपक्षीय भेटवार्ता आयोजित
2023-04-06 19:14:30CRI
Share with:

अप्रिल ६ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र युरोपेली संघका अध्यक्ष भोन डेर लेयेनसँग चीन, फ्रान्स र युरोप त्रिपक्षीय भेटवार्ता गर्नुभएको छ।

सो अवधिमा सीले यसरी भन्नुभएको छः फ्रान्सेली राष्ट्रपति म्याक्रोन र यूरोपेली संघका अध्यक्ष भोन डेर लेयेन एकैसाथ चीन भ्रमण गर्नुभएबाट युरोपेली पक्षको चीनसँग सम्बन्ध विकास गर्ने सकारात्मक इच्छा देखाइएको छ। साथै यो चीन र युरोपेली सङ्घको साझा हितमा रहेको छ। वर्तमान विश्वमा, अन्तर्राष्ट्रिय स्थिति जटिल र परिवर्तनशील भएको साथै युक्रेन संकट लामो समयसम्म र समाधान गर्न गाह्रो भएको देखिन्छ। यसका अतिरिक्त, कोभिड महामारीपछिको विश्व आर्थिक पुनरुत्थानको गति अपर्याप्त देखिन्छ र अन्तर्राष्ट्रिय वित्तीय बजार पनि अशान्त छ। विकासोन्मुख मुलुकहरूसामु देखा परेको कठिनाइहरू बढ्दै गइरहेको छ। यस्तो पृष्ठभूमिमा चीन र यूरोपेली संघले संवाद र सहयोग गर्दै विश्व शान्ति र स्थिरताको रक्षा गर्नुपर्दछ। साझा विकास र समृद्धिलाई बढाउनुपर्दछ। मानव सभ्यताको प्रगतिलाई अघि बढाउनुपर्दछ र विश्वव्यापी देखा परेका चुनौतीहरूको सामना गर्न सँगसँगै काम गर्नुपर्दछ।

चालू वर्ष चीन र यूरोपेली संघ बीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको २०औँ वार्षिकोत्सव हो। चीनले यूरोपेली संघसँगै मिलेर चीन-यूरोपेली संघ सम्बन्धको विकास, विश्व शान्ति, स्थिरता र समृद्धिमा नयाँ जीवन्त शक्ति थप्ने इच्छा लिएको छ।