चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको थाइवान मामिला कार्यालयका प्रवक्ताद्वारा साइ यीङ वन “ट्रान्जिट”को नाउँमा अमेरिका छिरेकोमा वक्तव्य प्रकाशित
2023-04-06 10:23:22cri
Share with:

अप्रिल ६ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको थाइवान मामिला कार्यालयका प्रवक्ताले साइ यीङ वनले “ट्रान्जिट” अर्थात् पारगमनको नाउँमा अमेरिका छिरेको सम्बन्धमा एउटा वक्तव्य प्रकाशित गर्नुभएको छ।

 

सो वक्तव्यका अनुसार, चीनको थाइवान क्षेत्रकी नेता साइ यीङ वनले अप्रिल ६ तारिख “पारगमन”को नाउँमा अमेरिका छिरी अमेरिकी प्रतिनिधि सभाका प्रमुख केविन मेकार्सीसँग भेटघाट गरेको पाइएको छ। थाइवानको मिन चिन पार्टी सत्ताले अमेरिकासँग साँगगाँठ गरी “अमेरिकामा निर्भर रहेर थाइवानको स्वतन्त्रता पक्षधर” को वकालत गर्न खोज्नु यो अर्को त्रास-धम्कीपूर्ण गतिविधि हो। चीनले त्यसलाई कडा शब्दमा निन्दा गर्दै स्वतन्त्र थाइवान पक्षधरको पृथकतावादी शक्ति तथा त्यसको गतिविधिलाई कडा कारवाही गर्दै राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अक्षुण्णताको सुदृढ रुपमा संरक्षण गर्ने छ।

 

मातृभूमिको पूर्ण एकीकरण सबै चिनियाँहरुको साझा अभिलाषा हो। मातृभूमिको एकीकरण हुनुपर्छ र एकीकरण अवश्य नै पूरा हुनुपर्छ। अघि बढ्ने इतिहासलाई स्वतन्त्र थाइवान पक्षधरले रोक्न सक्ने छैन।

विश्वमा एउटै मात्र चीन छ, थाइवान चीनको एउटा अविच्छिन्न भाग हो। एक मात्र चीन सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धको मापन र अन्तर्राष्ट्रिय समाजको समान सोचबुझ हो। थाइवान मामिला चिनियाँहरुको आफ्नै काम हुनुका साथै चीनको आन्तरिक मामिला हो। त्यसमाथि कुनै पनि बाह्य शक्तिले हस्तक्षेप गर्ने छुट दिइँदैन। अमेरिकाले धेरै पटक थाइवान मामिलामा गलत कथनी र करनी गर्दै स्वतन्त्र थाइवान पक्षधर शक्तिलाई गम्भीर रुपमा गलत संकेत दिँदै आएको छ। तैपनि त्यसको यस्तो गतिविधिले चीनको एकीकरण हुने ऐतिहासिक प्रक्रियालाई रोक्न सक्ने छैन।