चीनले फ्रान्ससँग युक्रेन संकटको राजनीतिक समाधानबारे साझा आह्वान गर्ने आशा लिएकोः सी चिनफिङ
2023-04-06 18:56:06CRI
Share with:

अप्रिल ६ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानूएल माक्रोनले भेटवार्तापछि पत्रकारसँग संयुक्त रुपमा भेटघाट गर्नुभएको छ। 

सीले युक्रेन संकटबारे चीन शान्ति वार्ता गर्न र राजनीतिक उपायमार्फत समाधान गर्न अडिग रूपमा लागिरहेको तथा चीनले फ्रान्ससँग मिलेर अन्तर्राष्ट्रिय समाजसँग संयमलाई कायम राख्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर रुपमा पालना गर्न तथा जुनसुकै अवस्थामा पनि रासायनिक हतियारको प्रयोगको विरोध गर्न र शान्ति वार्ता छिटो रुपमा पुनःशुरू गर्न आव्हान गर्ने आशा लिएको बताउनुभएको छ।