अमेरिका र थाइवानको साँठगाँठको 'राजनीतिक प्रदर्शन' को प्रतिवाद दृढतापूर्वक गरिने
2023-04-06 16:06:59CRI
Share with:

गत अप्रिल ६ मा चीनको थाइवान क्षेत्रको नेता साई यीङवेनले“ट्रान्जिट” अर्थात् पारगमनको नाउँमा अमेरिका छिर्दा अमेरिकी सँसदको प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीसँग भेट गर्यो। यो नै गत वर्ष न्यान्सी प्याट्रिसिया पेलोसीले थाइवानको भ्रमण गरेपछि अमेरिका र थाइवानले सिर्जना गरेको अर्को राजनीतिक उक्साहट घटना हो र जसबाट एक चीन सिद्धान्त र चीन-अमेरिका सम्पन्न ३ वटा संयुक्त विज्ञप्तिको गम्भीर उल्लङ्घन गरिएको छ। साथै चीनको सार्वभौमिकता र भूभागको अखण्डतामा पनि गम्भीर क्षति पुर्याइएको छ। यसका अतिरिक्त, "थाइवान स्वतन्त्रता" पक्षधरको पृथकतावादी शक्तिहरूलाई पनि निकै ठूलो गलत सन्देश पठाइएको छ। थाइवानेली डीपीपी पार्टीको सत्ताले "स्वतन्त्रता खोज्न अमेरिकामा भर पर्ने" कुचेष्टा गरिरहेको र अमेरिकाका केही व्यक्तिहरूले "चीनलाई नियन्त्रण गर्न थाइवानको प्रयोग" गर्न बारम्बार प्रयास गरिरहेको भन्ने थाइवान जलडमरूको परिस्थितिमा तनाव बढ्दै गएको मुख्य कारण हो।

थाइवान समस्या चीनको मुख्य हितको केन्द्रबिन्दु हो र चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारको जग पनि हो। यो नै चीन-अमेरिका सम्बन्धमा उल्लङ्घन गर्न नसकिने रातो रेखा हो। थाइवान समस्याको सही ढंगले समाधान गर्दा सबभन्दा महत्वपूर्ण सिद्धान्त एक चीनको पालना गर्नु हो। हालसम्म अमेरिका लगायत विश्वका १८२ देशले एक चीन सिद्धान्तका आधारमा चीनसँग दौत्य सम्बन्ध स्थापना गरेका छन्।

एक चीन सिद्धान्तप्रति अमेरिकाको गम्भीर प्रतिबद्धता छ। यद्यपि, अमेरिकी पक्षले एक चीन सिद्धान्तलाई उक्साउने र अर्थहिन बनाउने नाटक पटक पटक गरिरहेको छ। अमेरिकाको तेस्रो राजनीतिक व्यक्तित्वको रूपमा प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले साई यीङवेनसँग भेट गरेबाट अमेरिकाले चीनलाई गरेको गम्भीर प्रतिबद्धताको गम्भीर उल्लङ्घन गरिएको छ र अमेरिकाको राष्ट्रिय क्रेडिटलाई आफूले नष्ट गरेको देखिन्छ। यसले गर्दा थाइवान जलडमरूको शान्ति, चीन–अमेरिका सम्बन्ध लगायत अन्तर्राष्ट्रिय परिपाटीमा पनि ठूलो क्षति पुर्याइनेमा शंका छैन।

अमेरिका र थाइवानले जस्तोसुकै साँठगाँठ गरे तापनि थाइवान चीनको एक भाग हो भन्ने ऐतिहासिक र कानुनी तथ्यलाई परिवर्तन गर्न सक्दैनन्। चीनको पूर्ण एकीकरणलाई साकार तुल्याउने ऐतिहासिक प्रवृत्तिलाई पनि रोक्न सक्दैनन्। एक चीन भन्ने सिद्धान्तलाई मान्यता दिने र समर्थन गर्ने विश्वका बहुसंख्यक देशहरूको समग्र परिस्थितिलाई पनि हल्लाउन सक्दैनन्।