सी चिनफिङ र माक्रोनद्वारा पत्रकारसँग भेटघाट
2023-04-06 18:44:30CRI
Share with:

अप्रिल ६ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानूएल माक्रोनले भेटवार्तापछि पत्रकारसँग संयुक्त रुपमा भेटघाट गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सीले उहाँहरूले मैत्रीपूर्ण र गहिरो भेटवार्ता गर्नुभएको तथा चीन र फ्रान्सले चीन र यूरोपको सम्बन्धका लागि नयाँ जीवन्त शक्ति दिने र अन्तर्राष्ट्रिय समाजलाई विश्वव्यापी चुनौतीको सामना गर्नका लागि नयाँ योगदान दिने बताउनुभयो। 

पहिलो, दुई पक्षले द्विपक्षीय सम्बन्धको स्थिरतालाई कायम राख्ने छन्। दोस्रो, पारस्परिक हित तथा फाइदा र साझा विकास पालना गर्ने छन्। तेस्रो, जन स्तर र संस्कृतिको आदान-प्रदानको चौतर्फी रुपमा पुनःशुरू गर्ने छन्। चौथो, पारस्परिक रुपमा समर्थन दिने र विश्व सुशासनको सुधार गर्न अगाडि बढाउने छन्।

 सीले चालू वर्ष चीन र यूरोपेली संघबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापना भएको बीसौँ वार्षकोत्सव भएको भन्दै राष्ट्रपति माक्रोनसँग विभिन्न क्षेत्रको आदान-प्रदान, वार्ता र सहकार्य पुनःशुरू गर्न स्वीकार गर्नुभएको पनि बताउनुभयो।