बहु मुलुकका व्यक्तिहरूद्वारा मानव भाग्य समुदायको सिर्जनाबारे संयुक्त रुपमा छलफल
2023-04-06 15:55:14CRI
Share with:

हालै “मानव भाग्य समुदायको सिर्जना भएको दशौँ वार्षिकोत्सव र मानव सभ्यताको नयाँ स्थितिको आविष्कार” शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठी पैचिङमा आयोजना भएको छ। गोष्ठीमा सहभागी बहु मुलुकका राजनीतिज्ञहरू, विशेषज्ञहरू र विद्वानहरूले मानव भाग्य समुदायको सिर्जना गर्न समर्थन दिएको बताएका छन्।

चीनका लागि दक्षिण अफ्रिकाका राजदूत शियाबोन्गा सी स्वेलेले दक्षिण अफ्रिकाले मानव भाग्य समुदायको सिर्जना अवधारणाको समर्थन दिएको व्यक्त गर्नुका साथै विश्व सामु गम्भीर चुनौती देखापरेको र विश्वलाई समाधान योजना चाहिने जुन अन्तर्राष्ट्रिय समाजले बहु स्तरबाट विकास र प्रगति गरेर प्राप्त गर्नसक्ने बताउनुभयो।

चिनियाँ परराष्ट्र मन्त्रीका सहायक ह्वा छुनयिङले मानव भाग्य समुदाय अवधारणाको मूल चिनियाँ उत्कृष्ट परम्परागत संस्कृतिबाट आएको र यो विश्वका प्रायजसो मुलुक र जनताको साझा इच्छा र साझा हितसित अनुकूल भएको कुरामा जोड दिनुभयो।